चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

7 October, 2019 15:39 |जन सरोकार | comments | 3300 Views

    चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैँडाको आक्रमणबाट आइतबार साँझ मृत्यु भएको हो ।

    adsads

    रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो खोज्न गएका कुमाललाई गैँडाले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार कुमाललाई पञ्चकन्या सामुदायिक वन क्षेत्रको खगेरी खोलामा आइतबार साँझ आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!