प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल

  • प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल
  • प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल
  • प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल
  • प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल
  • प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल
  • प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल

‘चितवन प्रदेश नं ३ को पर्यटकीय केन्द्र’

20 May, 2019 09:50 | कर्पोरेट/पर्यटन , प्रदेश | comments | 24450 Views

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले चितवनलाई प्रदेशको पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ ।जननेता मदन भण्डारीको शव भेटिएको ठाउँ भरतपु–१७ गाँजीपुरमा आइतबार आयोजित श्रद्धाञ्जलि सभा तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चितवनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

adsads

उहाँले दासढुङ्गा र गाँजिपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी गराउनुभयो । विसं २०५० जेठ ३ गते दासढुङ्गामा कार दुर्घटनामा मृत्यु भएका जननेता भण्डारीको शव जेठ ५ गते गाँजीपुरमा भेटिएको थियो । त्यसै दिनको स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपाका नेताहरुले दासढुंगादेखि गाँजीपुरसम्मको विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य देवी ज्ञवाली, प्रदेशसभा सदस्यद्वय विजय सुवेदी, कृष्णप्रसाद भुर्तेल, मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराई, मदन भण्डारी स्मृति पार्क समिति गाँजीपुरका अध्यक्ष गौरेश तामाङ लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा आयोजित श्रद्धाञ्जलि तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम मदन भण्डारी फाउन्डेशन, मदन भण्डारी स्मृति पार्क समिति गाँजीपुर तथा चितवन मोडल हस्पिटलको आयोजनामा गरिएको हो । कार्यक्रममा चितवन मोडेल हस्पिटलका वरिष्ठ कन्सल्टेन्ट एवं हाडजोर्नी तथा स्पाइन रोड विशेष डाक्टर निराजन सुवेदी, फिजिसियन डाक्टर प्रमोदकुमार दासलगायत छ जना स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!