चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत विप्लवका छोरा प्रकाश पक्राउ

11 September, 2019 15:20 |राजनीति | comments | 4500 Views

    प्रतिबन्धित नेकपा विप्लव समूहका नेता नेत्र विक्रम चन्दका छोरा प्रकाश चन्दलाई चितवनमा पक्राउ गरिएको छ । चितवन मेडिकल कलेजमा अध्ययनरत प्रकाशसहितका विद्यार्थीले सेवा अवरुद्ध गराउन खोजेको भन्दै १५ विद्यार्थीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

    adsads

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अस्पतालको सेवा अवरुद्ध गराउँदै तोडफोड गर्ने प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले विगत एक सातायता विभिन्न व्यक्तिलाई तल्लो स्तरको गालि गलौज गरी आन्दोलन गर्दै आएको मल्लले बताउनुभयो ।

    पक्राउ परेकाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् । प्रकाशको सोही मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरी प्रयोगात्मक कक्षा भइरहेको छ । विद्यार्थीले कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै शुल्क घटाउन दबाबस्वरुप आन्दोलन गरिरहेका छन् ।

    यता मेडिकल कलेजले  एक विज्ञप्ति जारी गरी आन्दोलनरत विद्यार्थीलाई परिस्थितिको यथार्थ मूल्याङ्कन गरी बहकाउ र भड्काउमा नलागि समस्याको समाधानमा जुट्न र आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी पठनपाठनमा लाग्न आग्रह गरेको छ ।

    बुवाले थालेको ‘क्रान्ति’ बारे के भन्छन् विप्लवका छोरा?

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राष्ट्रपति विद्यादेवी भण्डारी

    फेसबुक

    राष्ट्रपति विद्यादेवी भण्डारी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!