चित्रजंग र रोशनी अलग हुने लिखित सम्झौताको भित्री कुरा

3 October, 2019 18:07 | Homepage | comments | 34650 Views

संसद सचिवालयको स्वास्थ्य इकाईमा कार्यरत नर्स रोशनी शाही र उनका श्रीमानबीच सम्बन्ध बिच्छेद भएको समाचारहरु बाहिरिएको छ । आइतबार निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने शाहीले पछि आफूले त्यस्तो बोल्दै नबोलेको, पत्रकारले उल्टो लेखेको र बरु पत्रकारले नै आफ्नो शरीरका विभिन्नन अंग छामेको भन्दै प्रहरीमा महराबाट त्यस्तो केही नभएको निवेदन दिएकी थिइन् ।

यसबीचमा बिहिबार रोशनीका श्रीमान चित्रजंग शाहीले आफूहरु अलग्गिने निर्णय लिएको लिखित सहमतिपत्र फेसबुकमा सार्वजनिक गरेका छन् । यो सहमतिको कुनै कानुनी आधार भने छैन । त्यो पत्रमा कुनै साक्षी छैनन् र सरकारी अड्डाको कुनै चिनारी छैन ।

महराले कोठामै आएर आफूमाथि बलत्कार गरेको दाबी गरेकी रोशनीले लगत्तै बोली फेर्दै उनले प्रहरीमा जाहेरी दिन र स्वास्थ्य परिक्षण गराउन समेत इन्कार गरेकी छन् । घटना हुँदा उपत्यका बाहिर रहेका चित्रजंगले काठमाडौं फर्केपछि श्रीमतीसँग अलग हुने निर्णयमा पुगेका हुन् ।

  

२८ वर्ष लामो दाम्पत्य जीवन अलग गर्ने आफूहरुबीच सहमति भएको भन्दै आज (असोज १६ गते बिहिबार)को मिति राखेर चित्रजंग र रोशनी दुवैले हस्ताक्षर गरेको पत्र सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको हो । सो पत्रमा लेखिएको छ, ‘प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष बिते । समयको गतिसँगै असन्तुष्टि र असहमति आउँदा रहेछन् । तथापि खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानूनी प्रक्रियाको निरन्तरताका साथ ।’

हाल तनहुँमा कार्यरत चित्रजंगले रोशनीले महरामाथि बलात्कार गरेको आरोप लगाएपछि केही संचारमा उनी डिप्रेसनको शिकार भएको र औषधि खाइरहेको बताएका थिए । यो कुरा स्वयं रोशनीले पनि बताएकी छिन् । जुन दिन रोशनीले महरामाथि आरोप लगाइन त्यो दिन आफूले बढी औषधि खाएको र तनावमा रहेको समेत बताएकी थिएन् ।

के रोशनीको यही समस्याका कारण उनीहरु अलग हुने निर्णय गरेका हुन् वा यसको भित्री कारण अरु नै छ । अथवा सहमति गरेको भनिएको कागजान आफैंमा कति विश्वसनीय छ भन्ने प्रश्न पनि उठेको छ । किनभने यो कागजले कुनै कानुनी मान्यता पाउने सम्भावना नै छैन ।

रोशनीको फेरिएको बयान- श्रीमान नै भन्छन् आत्महत्याको कोसिस गरेकी थिइन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More