चिनियाँ राष्ट्रपतिको भ्रमणका एजेण्डाबारे प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरुसंग छलफल गर्ने

9 October, 2019 20:50 |राजनीति | comments | 13800 Views

    प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाबारे भोलि बिहिबार पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्नुहुने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउनुहुनेछ ।

    adsads

    २३ वर्षपछि हुन लागेको चिनीया राष्ट्रपतिको भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्न लाग्नुभएको हो । यो भ्रमणलाई नेपालले उच्च महत्व दिएको छ । नेपालको आर्थिक विकासमा कोशेढुंगा सावित हुने मानिएका भ्रमणका क्रममा नेपालबाट कुनै कमजोरी हुन नदिन प्रधानमन्त्री ओलीले परामर्श थाल्नुभएको हो ।

    सन् १९९६ को अन्त्यमा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको दुईदिने भ्रमण गरेपछि चिनियाँ राष्ट्रपतिबाट नेपाल भ्रमण भएको छैन । अघिल्ला राष्ट्रपति हु जिन्ताओको दुई कार्यकालको अन्त्यमा अर्थात् २०१२ को जनवरीमा चिनियाँ प्रधानमन्त्री वेन जियावाओ केही घण्टाका लागि नेपाल आएका थिए ।

    चिनियाँ राष्ट्रपति सी भारतको चेन्नाईमा ‘उहान दोस्रो’ वार्तामा सहभागी भएर २५ गते शनिबार काठमाडौं आउनुहुनेछ ।

    चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउने- सुरक्षा व्यवस्था कडा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!