चिनियाँ राष्ट्रपतिचिनियाँ राष्ट्रपति

  • चिनियाँ राष्ट्रपति
  • चिनियाँ राष्ट्रपति
  • चिनियाँ राष्ट्रपति
  • चिनियाँ राष्ट्रपति
  • चिनियाँ राष्ट्रपति
  • चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सीको भ्रमण सुरक्षा तयारी बुझेर फर्कियो चिनियाँ सेना

5 October, 2019 13:15 |पत्रपत्रिका | comments | 4050 Views

    चिनियाँ राष्ट्रपति

    चिनियाँ जनमुक्ति सेना (पीएलए) को उच्चस्तरीय टोली राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा तयारीबारे जानकारी लिएर फर्किएको छ । सुरक्षा स्रोतका अनुसार गत साता काठमाडौं आएको टोलीले सीमित सरकारी अधिकारीसँग मात्रै भेटेको थियो ।

    adsads

    चिनियाँ सेनाको टोलीले सीको भ्रमण सुरक्षा तयारी प्रभावकारी बनाएको भन्दै खुसी व्यक्त गरेको थियो । सीको सुरक्षार्थ तैनाथ चिनियाँ सेनासँग भएको गोप्य छलफलपछि छुट्टाछुट्टै सुरक्षा रणनीति बनाएर व्यवस्थापन भइरहेको स्रोतले जनाएको छ । सरकारले राष्ट्रपति सीको नेपाल भ्रमण र त्यसबेला अपनाइने सुरक्षालाई ‘जेट प्लस’ रणनीति अपनाएको छ । मध्यम, विशिष्ट, अतिविशिष्ट र त्यसमाथिको सम्मान र सुरक्षा प्रदान गर्दा क्रमशः ‘एक्स’, ‘वाई’, ‘जेट’ र ‘जेट–प्लस’ रणनीति अपनाइने गरिन्छ ।

    सेना, प्रहरी र सशस्त्र तथा गृह मन्त्रालयका अधिकारीले भ्रमण तयारीबारे औपचारिक बोल्न चाहेनन् । नेपाली सेनाको ‘विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय’ले सीको भ्रमण सुरक्षा तयारीको गोप्य खाका बनाइसकेको छ । त्यही खाकाअनुसार उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठको संयोजकत्वमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू सम्मिलित टोलीले सम्पूर्ण सुरक्षा व्यवस्थापन गर्नेछ । जनमुक्ति सेनाको ब्रिफिङपछि चीनबाट बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर चाइनाको जहाजले ‘टेस्ट फ्लाइट’ गरेको थियो ।

    नेपालको राजकीय भ्रमणमा सीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल कारकेड सवारीसहित एयर चाइनाका २ वटा जहाज लिएर आउने स्रोतको भनाइ छ । सरकारले सीको भ्रमणका दिन सार्वजनिक बिदा दिनेसमेत तयारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

    २०७३ कात्तिकमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणमा पनि नेपाल सरकारले सार्वजनिक बिदा दिएको थियो । असोज २५, २६ र २७ मध्ये जुनसुकै दिन सीको भ्रमण हुन सक्ने बताइए पनि असोज २५ गते आएर २६ गते राष्ट्रपति फिर्ता हुन सक्ने र त्यसैअनुसार तयारी भइरहेको स्रोतको भनाइ छ ।

    आजको कान्तिपुर दैनिकमा खबर छ ।

    चिनियाँ राष्ट्रपतिलाई यस्तो छ सुरक्षा तयारी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    चिनियाँ राष्ट्रपति

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!