चिनीया राष्ट्रपतिको जापान भ्रमण- “द्विपक्षीय सम्बन्धका लागि नयाँ युग”

19 May, 2019 12:31 | जापान | comments | 17850 Views

चिनीया राष्ट्रपति सि जिङ पिङको जापान भ्रमणका क्रममा हुने जापानी प्रधानमन्त्री शिन्जो आबेसंगको भेटवार्तामाा आपसी सम्बन्ध अरु सुमधुर बनाउने सहमति भएको छ ।

यसै विषयमा प्रधानमन्त्री आबेले चिनीया पोलिटब्यूरो सदय तथा विदेश विभाग प्रमुख याङ चेइचीसंग शुक्रबार भेटवार्ता गर्नुभएको छ ।

adsads
सो भेटवार्ताको मुख्य विषय जुनको अन्तिम साता ओसाकामा हुने जी २० शिखर सम्मेलनका लागि राष्ट्रपति सिको ओसाका यात्रा रहेको थियो ।

भेटका क्रममा प्रधानमन्त्री आबेले भेटका क्रममा जापामा सुरु भएको नयाँ युग (रेइवा) र गणतन्त्र चीनको ७० औं वर्षगाँठका अवसरमा सिको स्वागत गर्न आतुर रहेको र त्यस क्रममा छलफल समेत गर्न चाहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री आबेले अब दुई देशबीचको सम्बन्ध सामान्य हुँदै गएको र राष्ट्रपति सिको जापान भ्रमणले जापान चीन सम्बन्ध अरु मजबुत हुने विश्वास लिएको र दुई मुलुकको सम्बन्धमा नयाँ युगकै शुभारम्भ हुने आशा व्यक्त गर्नुभएको थियो ।

प्रतिउत्तरमा याङले जी २० सम्मेलन पूर्ण सफल हुनेमा आशावादी रहेको र दुबै देशबीचको स्वजस्थ र स्थिर रुपमा विकसित हुने आफ्नो आशा रहेको बताउनुभएको थियो ।

चिनियाँ राष्ट्रपति सी र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!