चिहानमा हड्डी फुकेर मुर्दा ब्यूताउँछु नभने हुन्थ्यो : प्रधानमन्त्री ओली

18 August, 2019 16:10 |राजनीति | comments | 15750 Views

    प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतिको पहाडकाबीच स्थापना भएको वर्तमान सरकार केही अराजक र प्रतिगामी तत्वको प्रचारले नगल्ने बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही केहीले सरकार लगलग काम्यो सरकार ढल्न लाग्यो, प्रधानमन्त्री काम्यो भन्दै प्रचार गरिरहेका छन् ।

    adsads
    म भन्छु अब चिहानमा पुगेर हड्डी फुक्दैमा केही हुनेवाला छैन ।

    “कुनै पनि सरकार सधैं रहँदैन । म पनि अर्को चुनावपछि सरकारमा बस्न चाहन्न । यो सरकार अचानक एउटा हावामा जनताको निराशाबाट बनेको हैन । यसको संघर्षको इतिहास छ, बलिदानको इतिहास छ । त्यो संघर्ष र बलिदानको इतिहासबाट यसले अगाडि बढाएका नीतिका कारणबाट जनताले अहिलेको सरकार र सरकार गठन गर्ने दलमाथि विश्वास गरेर लोकतान्त्रिक जनअभिमतको विधिबाट बनेको सरकार हो ।”

    त्यसैले साथीहरुले चुनावसम्म धैर्य गर्नुहोला भन्दै प्रधानमन्त्री ओलीले सरकारले केही गरेन केही भएन भन्दै गर्दा ७ प्रतिशतको आर्थिक वृद्धि भएको छ, यो इतिहासमै उच्च हो तर फेरि भन्नुहुन्छ केही भएन ।

    म साथीहरुलाई धन्यवाद दिन्छु ७ प्रतिशतको आर्थिक वृद्धि केही होइन भन्नुभएकोमा । अर्को वर्ष ८.५, त्यसपछि ९ अनि ११ प्रतिशतको आर्थिक वृद्धि हुन्छ त्यतिबेला पनि केही भएन भन्नुहाला सरकार अरु हौसिदै बढाउँदै जान्छ ।

    यसबीचमा १४ सय किलोमिटर सडक कालोपत्र भए, ३०० पुल बने तर पनि केही भएन । उसो भए अर्को वर्ष १६ सय किलोमिटर पिच गरौंला, ५०० पुल बनाऔंला । सरकारलाई सचेत पारेकोमा धन्यवाद ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!