चीनबाट जापान आउनेहरुका लागि प्रश्नमाला लागू चीनमा रहेका जापानी कम्पनीहरु अझै बन्द रहने

3 February, 2020 16:04 | जापान | comments | 72000 Views

कोरोना भाइरसका कारण त्यहाँ रहेका जापानी कम्पनीहरुले आफ्ना सबै इकाई बन्द गर्ने समय अरु बढाएका छन् । चीनमा रहेको टोयोटा कम्पनीले आफ्ना चार संयन्त्रलाई फेब्रुअरी १० सम्म बन्द गर्ने निर्णय गरेको छ ।

टोयोटाले फेब्रुअरी आरम्भ हुनासाथ संचालन गर्ने बताएको थियो । त्यस्तै होण्डा मोटरले वुहानस्थित आफ्नो कारखानालाई १३ फेब्रुअरीसम्म बढाएको छ । त्यस्तै चीनमा रहेका अन्य संयन्त्र पनि ९ फेब्रुअरीसम्म बन्द गरेको बताएको छ ।

  

उता माजदा मोटर तथा मित्युबिसी मोटर्सले चीनमा आफ्ना कारखाना ९ फेब्रुअरीसम्म बन्द राखेको छ । पानासोनिक र हिताचीले पनि कम्पनी संचालन गर्ने मिति तय गरिसकेको छैन ।

अहिले चीनमा नयाँ वर्ष चलिरहेको छ र भाइरसको संक्रमण अरु फैलिन नदिन चीनले नयाँ वर्षको विदालाई समेत बढाएको छ ।

यसैबीच जापान सरकारले चीनबाट जापान आउने व्यक्तिहरुका लागि प्रश्नमाला फारम अनिवार्य भर्नुपर्ने व्यवस्था गरेको छ । कोरोना भाइरस सर्न नदिनका लागि स्वास्थ्य मन्त्रालयले तयार गरेको फारम शनिबारदेखि वितरण गरिएको छ । जापानी, अंग्रेजी र चिनीया भाषामा उपलब्ध प्रश्नमालामा जापानमा उनीहरु बस्ने अवधिभर सम्पर्क गर्ने माध्यम, रहने स्थान, फोन नम्बर, इमेल ठेगाना लगायतका विवरण भर्नुपर्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More