चीनमा उठ्यो भारतले अतिक्रमण गरेको नेपाली भूमिको कुरा

16 May, 2019 15:16 | राजनीति | comments | 48900 Views

भारतले नेपालमाथि गरेको राजनीतिक हस्तक्षेप मात्र हैन नेपाली भूमि नै अतिक्रमण गरेको विषय अब अन्तर्राष्ट्रिय जगतमा चासोपूर्वक उठाउन थालिएको छ । केही समय अघि संयुक्त, राष्ट्रसंघको मानवअधिकार सम्बन्धी एक कार्यक्रममा यस्तै विषय उठेको थियो ।

adsads

यसपटक भने नेपालको उत्तरी छिमेकी मुलुक चीनमा उठेको छ । बिहिबार विहान चीनको राजधानी बेजिङमा आयोजित एसियास्तरीय सम्मेलनमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारतले मिचेको नेपाली भूमिको कुरा उठाउनुभएको हो ।

भारतले गोआ, चीनले हङकङ फिर्ता पाउने नेपालले गुमाएको भूमि किन नपाउने ?

चाइना नेशनल कन्भेन्सन सेन्टरमा आयोजित कार्यक्रममा मोर्चाका अध्यक्ष नेपालले भारतले नेपालको झण्डै ६० हजार वर्गकिलोमिटर भूमि अतिक्रमण गरी उपनिवेश कायम गरेको र त्यो अवस्थाको शान्तिपूर्ण अन्त्य नभएसम्म राजनीतिक अग्रता लिन नसकिने बताउनुभएको हो ।

१ सय २६ मुलुकका प्रतिनिधि उपस्थिति सो सम्मेलनमा नेपालको प्रस्तुतिले सबैको ध्यानाकर्षण भएको थियो । आफ्नो सम्बोधनका क्रममा नेपालले भारतीय प्रतिनिधिकै अगाडि सुगौली सन्धिमा गुमेको नेपालको जमिन भारतले फिर्ता गर्नुपर्छ भन्ने कुरा राख्नुभएको थियो ।

सुगौली सन्धिमा गुमेका भू–भाग नेपालमा फर्काउन अभियान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More