चीनमा जासुसी गरेको आरोपमा हिरासतमा रहेका जापानी प्राध्यापक रिहा

17 November, 2019 22:45 |जापान | comments | 9150 Views

    चीनको हिरासतमा रहेका होक्काइदो विश्वविद्यालयका एक प्राध्यापकलाई चीनले रिहा गरेको छ । जापानको मन्त्रिपरिषदका मुख्य सचिव योशिहिदे सुगाका अनुसार ती प्राध्यापकलाई चीनले हिरासतमुक्त गरेपछि आफ्नो घर फर्किएका छन् ।

    adsads

    सेप्टेम्बर महिनामा चीनमा पक्राउ गरिएका ती प्राध्यापक शुक्रबार हिरासतबाट रिहा भएर घर फर्किएकार स्वास्थ्य अवस्था ठीक रहेको पनि उहाँले बताउनुभएको छ ।

    सेप्टेम्बरमा चिनीया समाजशसत्र प्रतिष्ठानको निमन्त्रणामा बेइजिङ पुगेका प्राध्यापकलाई उनी बसेको होटलमा चीनको जासुसी गरेको आरोपमा गिरफ्तार गरिएको थियो ।

    चिनीया विजदेश मन्त्रालयका प्रवक्ता गेंग शुआङले त्यहाँको राष्ट्रिय सुरक्षा परिषद् प्राधिकरणले उनको खानतलासी लिएको र त्यतिबेला उनले चीनकोा जासुसी गरेको अवस्थामा भेटिएका थिए । गेंगले प्राध्यापकले यो अपराध स्वीकार्दै क्षमायाचना गरेका कारण जमानतमा रिहा गरिएको बताएका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More