चीनले अनुमति दिएसंगै ग्वाङ्झाउ उडानको तयारीमा नेपाल एयरलाइन्स

5 December, 2019 16:30 | कर्पोरेट/पर्यटन | comments | 33150 Views

नेपाल एयरलाइन्सले छिट्टै चीनको व्यापारिक शहर ग्वाङ्झाउमा आफ्नो उडानको मिति सार्वजनिक गर्ने भएको छ । एयरलायन्स्लाई चीने उडानको अनुमति दिएपछि सोको तयारी भैरहेको हो ।

नेपाल एयरलाइन्सले चीनको ग्वाङ्झाउमा उडान बिस्तारका लागि अनुमति मागेको थियो । सरकारको कूटनीतिक पहल र नेपाल एयरलाइन्सले बुझाएका कागजातका आधारमा चीनले उडान अनुमति दिएको हो ।

  

चिनियाँ नागरिक उड्डयन प्राधिकरणले विदेशी वायुसेवा कम्पनीलाई उडान अनुमतिका रुपमा अपरेशन स्पेसफिकेसन जारी गर्ने गर्छ । उक्त पत्र प्राप्त गरेसँगै वायुसेवा कम्पनीले चीनमा उडानको अनुमति पाउने प्रावधान रहेको छ । नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासोको सूचीबाट हटिसकेका कारण इयूको कालोसूची रहे पनि चीनको अनुमति प्राप्त भएको हो ।

अनुमपतिपछि नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख वरिष्ठ पाइलट दीपु ज्वारचनले अब नेपाल एयरलाइन्सले बजार व्यवस्थापन, प्रचार प्रसारका लागि आवश्यक समय राखेर निकट भविष्यमा उडानको मिति तय गर्ने तयारीमा रहेको बताउनुभएको छ । उहाँका अनुसार चीनमा रित्तो जहाज उडाउनु नपरोस भन्ने योजना अनुसार तयारीको समय राखेर ग्वाङ्झाउ उडानको मिति सार्वजनिक गरिनेछ ।

निगमसँग अहिले ४ वटा जहाज छन् । ती जहाजबाट निगमले अहिले ८ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । साविकका गन्तव्य प्रभावित नहुने गरी उडान तालिका मिलाएर मिति सार्वजनिक गरिने छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More