चीन संयुक्त राष्ट्र संघको अभिन्न अंग बन्दैगएकोमा महासचिवद्वारा प्रसंशा

22 September, 2019 13:30 |मुख्य समाचार | comments | 2850 Views

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले संयुक्त राष्ट्र संघका कामहरूको अभिन्न अङ्ग बन्दै आएकोमा चीनको प्रसंशा गर्नुभएको छ ।

    चीनले बहुपक्षीयतावादको खम्बा रहेर विश्व समुदायबीच मुख्य भूमिका निर्वाह गरिरहेको सत्तरीऔं वार्षिकोत्सव राष्ट्रिय दिवसका अवसरमा आयोजित एक कार्यक्रममा शुभकामना दिँदै उहाँले पठाएको एक सन्देशमा बताउनुभएको छ ।

    adsads

    चीन र संयुक्त राष्ट्र संघले सधैं झैँ हाल पनि विश्वव्यापी विभिन्न समस्याको सामना गर्दै आएको उहाँले बधाई सन्देशमा उल्लेख गर्नुभएको छ ।

    दिगो विकास लक्ष्यको व्यवहारिक कार्यान्वयनमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गरेको औंल्याउँदै महासचिव गुटेरेसले संयुक्त राष्ट्र संघले दिगो विकासलाई अघि बढाउन चीनले प्रदान गरेको राजनैतिक र वित्तीय समर्थनप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

    संयुक्त राष्ट्र संघले शान्ति र सुरक्षा, मानव अधिकार तथा विकास क्षेत्रमा रहेका चुनौतीको सामना गर्ने क्रममा चीनले दिएको दृढ समर्थनप्रति पनि धन्यवाद व्यक्त गर्दै उहाँले चीनले अझ विशाल उपलब्धी हासिल गरोस् भन्ने शुभकामना दिनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!