चीन सदा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्छ- भारतसंगको विवाद आपसी संवादबाट हल गर्नुपर्छ

15 November, 2019 11:20 |राजनीति | comments | 6750 Views

    भारतले उसको राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा समेटेपछि नेपालको उत्तरी छिमेकी चीनले मुख खोलेको छ । चीनले कालापानी क्षेत्रको विवाद नेपाल र भारतले आपसी परामर्श र वार्ताबाट टुंग्याउनुपर्ने भन्दै आफूले सदैव नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको जनाएको छ ।

    adsads

    बिहिबार चिनियाँ दूतावासका प्रवक्ता वाङ सिओयोलोङले हालै भारतले आफ्नो राजनीतिक नक्साभित्र लिम्पियाधुरालाई समेटेपछि सीमावर्ती क्षेत्रमा विवाद बढ्दै गएको र चीनले पनि केही नेपाली भूभाग अतिक्रमण गरेको बारे चीनको धारणा माग्न राखिएको जिज्ञासामा प्रवक्ताले जवाफसहितको प्रेस नोट पठाउनुभएको हो ।

    नेपालको कालापानी क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा हालेपछि बढेको बहस र चीनले समेत नेपालको भूमि मिचिरहेको भनेर आएको समाचारप्रति प्रतिक्रिया दिँदै प्रेस नोटमा भनिएको छ ‘नेपाल र भारतले कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यमबाट सुल्झाउन सक्छन् भन्नेमा चिनियाँ पक्ष आशा गर्दछ,’ , ‘चिनियाँ पक्षले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सदैव सम्मान गर्दै आएको छ ।’

    चिनियाँ प्रवक्ताले नेपाल र चीनबीच सन् १९६१ मा सम्पन्न सीमा सम्झौताका आधारमा द्विदेशीय सीमा तय भएको र त्यसै आधारमा सीमांकन भएको समेत जानकारी दिएका छन् । ‘केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनबाट नेपाली भूभाग अतिक्रमणमा परेको भनेर दाबी गरेको हामीले पाएका छौं । यो आरोप आधारहीन छ, यी आरोपहरू जनसाधारणलाई सत्य के हो, झूट के हो, थाहा हुन नसकोस् भनेर ध्यान अन्यत्र मोड्ने उद्देश्यतर्फ केन्द्रित छन् ।’

    कान्तिपुर दैनिकका अनुसार बितेका वर्षहरूमा नेपाल–चीनबीच सीमा तथा सुक्खा बन्दरगाहका विषयमा राम्रो सहकार्य जारी रहेको उल्लेख गर्दै प्रवक्ताले पठाएको प्रेस नोटमा गत महिना चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण क्रममा द्विदेशीय सीमा व्यवस्थापन प्रणालीबारे पनि हस्ताक्षर भएको स्मरण गरिएको छ । ‘नेपालको सीमा मामिलामा हुन सक्ने बाहिरी हस्तक्षेप हटाउन नेपालसँग थप सहकार्य गर्न चीनले इच्छा राख्दै आएको छ,’ प्रवक्ता वाङले भनेका छन्, ‘साझेदारी विकासको अवधारणालाई चीन अघि बढाउन चाहन्छ ।’

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More