चीसो सुरु भएसंगै बढ्न थाले आगलागीका घटना, २४ घण्टामा नौ जिल्लामा आगलागी
चीसो बढेसंगै न्यानोका लागि आगो बालेर बस्ने क्रम बढेसंगै मुलुकमा आगलागीका घटना बढ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकरणले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नौ जिल्लामा आगलगीका घटना भएको छ ।
उक्त घट्नामा परी झण्डै रु एक करोड बराबरको क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौमतले जानकारी दिनुभयो । प्राप्त जानकारीअनुसार पछिल्लो २४ घण्टामा सोलुखुम्बु, दाङ, तेह्रथुम, कञ्चनपुर, मुगु, ललितपुर, धनुषा, धनकुटार र महोत्तरीमा आगलागीका घटना भएको छ ।


त्यसमध्ये सोलुखुम्बुमा पढ्ने क्रममा आगलागी हुँदा एक बालिका घाइते नै भएकी छिन् । केही ठाउँमा ग्यास चुहिएर त केही स्थानमा विद्युत्् चुहिएर आगलागी भएको छ भने कतिपय स्थामा चुलोबाट आगो सल्किएको छ । दाङमा भने ट्रकमा विद्युत्को तारले छोएर आगलागी भएको र झण्डै रु ७० लाखको क्षति भएको जनाइएको छ । तेह्रथुमको आठराइस्थित एक घरमा आगलागी हुँदा रु १५ लाखको क्षति भएको जनाइएको छ । कञ्चनपुरको एक लुगा सिउने पसलमा आगलागी हुँदा रु चार लाखको क्षति भएको जनाइएको छ ।
प्राधिकरणका प्रवक्ता गौतमले आगलागीका घटना बढ्न थालेकाले आगोमा काम गर्दा र आगोले टिप्ने सामग्रीको व्यवस्थापनमा विशेष ख्याल गर्न अनुरोध गर्नुभएको छ । उहाँले विद्युतीय सामग्री र ग्यासको सावधानीमा ध्यान दिनसमेत सर्वसाधारणसँग अनुरोध गर्नुभयो ।
यसअघि बिहीबार पनि काठमाडौँसहित विभिन्न सात जिल्लामा आगलागीका घटना भएको थियो । बुधबार चार जिल्लामा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । गौतमले मुलुकमा भौतिक क्षति र घटना सङ्ख्याका हिसाबले सबैभन्दा बढी आगलागीका घटना बढी हुने गरेको बताउनुभयो ।
अहिले प्राधिकरणले घटना न्यूनीकरणका लागि आवश्यक तयारमिा लाग्न जिल्लाजिल्लामा निर्देशन सर्कुलरसमेत गरिसकेको जानकारी दिनुभयो ।
गत वैशाख यता मात्रै एक हजार ४३ आगलागीका घटना भएको प्राधिकरणको अभिलेख छ । उक्त आगलागीमा परी २० जनाको मृत्यु भएको र १८६ जना घाइते भएका छन् भने ४६७ पशुचौपाया क्षति भएको छ । यो बीचमा आगलागीबाट रु ८४ करोड ११ लाखको आर्थिक क्षति भएको जनाइएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- विदेशी पर्यटक भित्र्याउन सरकारले पहलकदमी लिनुपर्ने
- प्रधानमन्त्रीे, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखबिरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता
- सीमा अतिक्रमणपछि कञ्चनपुरको प्यारातालमा भारतको गिद्देनजर : नेपाली पक्ष मौन
- पत्रकार महासंघले ठूला मिडियाको लगानीको पारदर्शिता खोज्ने
- “१५ वर्ष एमालेको नेतृत्व गरेको मलाई प्रचण्डको मामुली कार्यकर्ता नठान्नु”- नेपाल
- संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


