मुम्बई मुम्बई

  • मुम्बई
  • मुम्बई
  • मुम्बई
  • मुम्बई
  • मुम्बई
  • मुम्बई

चेन्नईलाई पराजित गर्दै मुम्बई आइपिएलको दोस्रो स्थानमा उक्लियो

27 April, 2019 13:30 | खेल | comments | 12600 Views

मुम्बई

इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । गएराति भएको खेलमा चेन्नई सुपर किंग्स मुम्बईसंग ४६ रनले पराजित हुन पुग्यो ।

adsads

जितसंगै मुम्बई अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चेन्नईको घरेलु मैदान एमए चिदमबरम स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले ६७ रन बनाउ बनाए भने इभिन लुईसले ३२ रन जोडे । त्यस्तै हार्दिक पाण्ड्याले २३ रनमा अविजित रहे भने, क्वीन्टन डिकक र किरों पोलार्डले समान १३-१३, रन बनाए ।

चेन्नईको लागि मिचेल सान्टनरले २ विकेट लिए भने इमरान ताहिर र दिपक चाहरको भागमा समान १-१ विकेट रह्यो । १५६ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको चेन्नई १७.४ ओभरमा अल आउट हुँदै १०९ रन मात्र बनाउन सक्यो । उसको लागि मुरली विजयले ३८ रन बनाए भने मिचेल सान्टनरले २२ रन जोडे । त्यस्तै ड्वाइन ब्राबोले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

मुम्बईको लागि लासिथ मालिंगाले ४ विकेट लिए भने क्रुनाल पाण्ड्या र जस्प्रित बुम्राहको भागमा समान २–२ विकेट रह्यो । खेलको म्यान अफ द म्याच मुम्बईका कप्तान रोहित शर्मा भए । जितसँगै मुम्बई ११ खेलबाट १४ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ भने चेन्नई भने १२ खेलबाट १६ अंक सहित शीर्ष स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भिड्दै छन् । खेल आज राति सवा आठ बजे जयपुरमा हुनेछ ।

सन्दीप नखेलेको खेलमा दिल्ली पराजित : मुम्बई ४० रनले विजयी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मुम्बई

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

‘अधिनायकवादतर्फ उन्मुख सरकार’

फेसबुक

‘अधिनायकवादतर्फ उन्मुख सरकार’

ट्वीटर

सामाजिक सञ्जाल

More