च्याम्पियन्स लिगमा बायर्नको जगजगी : एउटै खेल नहारी उपाधी

24 August, 2020 12:07 | खेल | comments | 46500 Views

जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगमा एउटै खेल नहारी उपाधि जितेको छ । लिग चरणदेखि नै उपाधीको दावेदारी प्रस्तुत गदै आएको बार्यनले आइतबार राति पोर्चुगलको लिस्बनमा भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै उपाधि जितेको हो ।

यसअघि पाँचपटक उपाधी जितिसकेको बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग लितेको हो । बायर्नलाई जित दिलाउन पीएसजीकै पूर्वखेलाडी किंग्सले कोमनको हात रह्यो । उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

  

सन् १९७४, १९७५ र १९७६ मा लगातार तीन पटक उपाधि जित्दै उपाधिमा ह्याट्रिक गरेको बायर्नले सन् २००१ मा पनि उपाधि जितेको थियो ।

सन् २०१३ पछि पहिलो पटक फाइनल पुगेको बायर्न च्याम्पियन्स लिग सर्वाधिक जित्नेमा लिभरपुलसँगै संयुक्त रुपमा तेस्रो स्थानमा उक्लेको छ । ११ पटक फाइनल खेल्दा ६ पटक उपाधि जितेको बायर्न ५ पटक भने उपविजेता बनेको थियो ।

च्याम्पियन्स लिगको उपाधी रियल मड्रिडले सर्वाधिक १३ र एसी मिलानले ७ पटक जितेका छन् । बायर्नले पछिल्लो पटक सन् २०१३ मा जर्मनीकै बोरुसिया डर्टमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो ।

२०१३ मा उपाधीको ट्रेबल बनाएको बायर्नले यसपटक पनि ट्रेबल उपाधि जित्दै बायर्न दोस्रो पटक ट्रेबल उपाधि जित्ने दोस्रो क्लब बनेको छ । बायर्नले यस सिजन जर्मन बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More