‘छक्का पञ्जा २’ पुनः प्रदर्शन, पहिले भन्दा छोटो तर मिठोः दिपाश्री निरौला

26 April, 2019 14:35 | कला/मनोरन्जन | comments | 18300 Views

२ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ आजबाट देशभर पुनः प्रदर्शन आएको छ । यस चलचित्रको व्यापारको ५० प्रतिशत समाजसेवामा खर्चिने निर्माता तथा कलाकार दीपकराज गिरीले घोषणा गरेका छन् ।

adsads

हलिउडको ठूलो फिल्म ‘एभेन्जर्स – इन्ड गेम’ को डरले फिल्म दाल भात तरकारी एक हप्ता पछाडि सरेपछि ‘कालो वर्ष’ र ‘छक्का पञ्जा २’ ले शुक्रवार (बैशाख १३) लाई प्रदर्शन मिति घोषणा गरेका थिए । दुवै फिल्म सिंगल स्क्रिनमा मात्र रिलिज भएका छैनन् । मल्टीप्लेक्समा दुई फिल्मले ‘एभेन्जर्स’ का कारण एक सोज पनि पाएका छैनन् ।

पहिलेका त्रुटिहरुलाई कटाएर छोटो तर मिठो बनाईएको चलचित्रकी निर्देशक दिपाश्री निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार मल्टीप्लेक्समा फिल्मले एक सोज नपाए पनि सिंगल स्क्रिन भने दुई दर्जन बढी पाएको छ ।

फिल्मले पुनः प्रदर्शनमा पनि मल्टीप्लेक्सहरुमा उच्च सोज पाउने निर्माण टिमको अपेक्षा थियो । तर, राजधानीका कुनै मल्टीप्लेक्सहरुले यो फिल्म रि-रिलिज गर्न चासो देखाएनन् । अन्ततः फिल्म सिंगल स्क्रिनमा मात्र लागेको छ । यसमा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउतलगायतको अभिनय छ ।

यस्तै लक्षु गौतमको निर्देशन रहेको ‘कालो वर्ष’ मा ओकेश पनेरु र अनुपा खड्का प्रमुख भूमिकामा छन् । फिल्मलाई रामेश्वर हुमागाइँले खिचेका हुन् । फिल्ममा पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यसमा योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काको संयूक्त लगानी छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More