छनोट चरणको उपाधी जित्दै नेपाल यू–१९ एसिया कपमा छनौट

9 July, 2019 16:26 | खेल | comments | 9300 Views

नेपाल यू–१९ एसिया कपमा छनौट भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।

adsads

नेपालले एसिया कपको यो संस्करण २८ अगष्टदेखि श्रीलंकामा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहनेछन् ।

छनोट चरणमा आफ्ना विपक्षीलाई ठूलो अन्तरले पराजित गर्दैआएको नेपालले फाइनलमा हङकङमाथि सहज जीत हात पारेको हो । मलेसियाको किनरारा ओभलमा भएको फाइनलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागि पवन शरार्फले पवन शरार्फले ३९, कप्तान रोहितकुमार पौडेल १२ ऋत गौतमले १३ रन र खडकबहादुर बोहराले ८ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो । उसका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको लक्ष्य दियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!