छबीबाट असुरक्षित भएको भन्दै शिल्पाद्वारा सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी

10 July, 2019 19:48 |कला/मनोरन्जन , कलिउड | comments | 37500 Views

    नेपाली सिने क्षेत्रका स्थापित निर्माता छबी ओझा पुनः चर्चामा छन् । रेखा थापासंगको सम्बन्ध टुटेपछि एक्लिएका छबीले अभिनेत्री शिल्पा पोखरेलसंग विवाह गरेर नयाँ घरजम सुरुवात गरे पनि शिल्पाले श्रीमान बाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

    adsads

    नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार शिल्पाले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको र सो उजुरीबारे बुझ्ने क्रम चलिरहेको छ । प्रहरीले दुवै पक्षलाई छलफलका लागि बोलाइएको जनाएको छ ।

    म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!