छविकी जेठी श्रीमतीले दिइन छवि र शिल्पाबिरुद्ध बहुविवाहको उजुरी

21 July, 2019 21:36 |कला/मनोरन्जन , कलिउड | comments | 58650 Views

    सफल चलचित्र निर्माता छविराज ओझा अर्को कानुनी झण्झटमा परेका छन् । अभिनेत्री शिल्पा पोखरेलसंगको विवादपछि चर्चामा रहेका ओझा र पोखरेललाई उनकी जेठी श्रमिती हेमा ओझाले बहुविवाहको कारबाही माग गर्दै उजुरी दर्ता गरेकी छिन् ।

    adsads

    हेमाले शिल्पा र छविलाई विपक्षी बनाएको बहुविवाहको जाहेरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएकी छन् । उजुरीमा हेमाले शिल्पा पोखरेलसँग सम्बन्धको विषयमा पटक–पटक सम्बन्धको हल्ला चल्दा कामको सिलसिलामा मात्र हो भन्ने जवाफको विश्वास गरेको तर अहिले दुबैको २०७५ साल पौष ११ विवाह दर्ता भएको प्रमाणपत्र फेला परेकोले वहुविवाहको कारबारी गर्न उजुरी दिइएको बताएकी छिन् ।

    उनले उजुरीपत्रमा लेखेकी छिन् मसँग सम्बन्ध कायम रहँदा रहँदै वहुविवाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरी निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।

    उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन्।

    छबी र शिल्पाबीच सहमतिमा हस्ताक्षर अब संगै बस्लान् कि नबस्लान

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More