छवीराज र शिल्पाको विवाद डिभोर्ससम्म पुग्यो(भिडियोसहित)

16 July, 2019 17:32 | कला/मनोरन्जन | comments | 24600 Views

केहिदिन भयो सम्पूर्ण सिने बजार तातेको छ सिर्फ एउटै कुराले । त्यो हो नायिका सिल्पा पोखरेल र निर्माता छविराज ओझाबीचको सम्बन्धमा आएको खटपट ।

adsads

छविराज ओझा र सिल्पा पोखरेलको सम्बन्ध चिसिएको केहिदिन पछि अहिले दुवै जना मिडियामा धेरै नै देखिएका छन् । त्यसमा पनि सिल्पा पोखरेल नरोएर अन्तवार्ता दिएको त कुनै मिडिया नै छैनन् । सिल्पाले आफ्ना धेरै पिडा पोखिन् सुनाईन् । उनका अनुसार उनले धेरै लामो समयदेखि नै यस्ता पिडाहरु भोग्दै आईरहेकी थिईन् । छविराजका लागि सिल्पाले गर्न सक्ने सर्वथोक गरेको बताएकी छिन् । उनी भोलिपल्ट सुटिङमा जानु छ भनेपनि अघिल्लो दिन साँझ नै खाना बनाएर फ्रिजमा राखेर जाने गरेको बताएकी छिन् ।

सिल्पाले आफूलाई छविराजले धेरै नै शंका गर्ने गरेको र विभिन्न बहाना बनाई आफूलाई पिट्ने धम्क्याउने गरेकोसमेत बताएकी छिन् । यति मात्रै हैन केहि दिन अगाडि सिल्पा पोखरेल महानगरीय प्रहरी परिसर, टेकुमा आफूमाथि घरेलु हिँसा भरेको भन्दै आफ्नो सुरक्षाका लागि उजुरी पनि दिएकी थिईन ् । उजुरीमा छानविन भएपछि छविराजले सिल्पासंग माफी मागेर अब आईन्दा यस्तो कहिल्यै गर्ने छैन भन्दै सहमतिमा हस्ताक्षर पनि गरेका थिए । तर हस्ताक्षरको के काम आखिरीमा मन मिल्न सकेन भने ।

अहिले हामी आँफै दोधारमा परेका छौँ । सिल्पाको कुरा सुनौँ छविराजले उनलाई कानको जाली फुट्ने गरि पिटेकै हुन् कि जस्तो पनि लाग्ने अनि छविराजको कुरा सुनौँ छविराजले उनलाई पिट्दै पिटेका छैनन् कि पनि लाग्ने । तर सिल्पाको भनाई सुन्ने हो भने उनले आफूलाई डाक्टरले केहि दिनसमम स्पीकरको नजिक नबस्न सुझाब दिएको बताएकी छिन् ।

उसो त यतिबेला छविराजको ब्याकग्राउण्डमा फर्किएर हेर्ने हो भने छविराज नै दोषी हुन् कि भनेर शंका गर्ने नमिल्ला र रु छविराजले सिल्पासहित चार वटी श्रीमती विहे गरिसकेका छन् तर कुनै पनि श्रीमतीसंग एकलौटी यात्रा भने हुन सकेको छैन ।

अब सिल्पासंगको सम्बन्धमा पनि ब्रेक लागेको हामीले महशुस गर्न सक्छौँ किनभने हिजोमात्रै सिल्पाले एक अन्तवार्तामा आफूले डिभोर्षका लागि प्रक्रिया अगाडि बढाईसकेको बताएकी छिन् । सिल्पा अहिले रुँदै विभिन्न सञ्चार माध्यममा आईरहँदा र छविराजले आफूले उनीमाथि हातपात वा अन्य कुनै पनि हिँसा नगरेको स्पष्टिकरण दिईरहेको बेला सोमबार राति छविराजले सिल्पालाई लामो स्टाटस लेखेका छन् ।
छवीराजको स्टाटस हेर्नुहोस्ः

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!