मृत्यु मृत्यु

  • मृत्यु
  • मृत्यु
  • मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जनाको मृत्यु

8 July, 2019 19:56 | जन सरोकार | comments | 19200 Views

मृत्यु

काठमाडौं, सर्लाही, काभ्रे, महोत्तरी र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित सडकमा बा.९६ प ७१७३ नम्बरको मोटरसाइकल सोमबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक काठमाडौं तारकेश्वर नगरपालिका मनमैजु बस्ने धादिङ घर भएका २१ वर्षीय भुवन आलेको मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको छ ।

adsads

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौं मनमैंजु बस्ने २० वर्षीय मिलनमगरलाई उपचारको लागि सोही अस्पताल लगिएकोमा थप उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर रिफर गरिएको छ । त्यस्तै सर्लाही, बाग्मती नगरपालिका-१२ बथानेस्थित सडकमा ना.४ ख २३०५ नम्बरको टिपरको ठक्करबाट सोही स्थान बस्‍ने ख्यालसङ थिङको ५ वर्षीय छोरा आयुष थिङको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।:

यसैगरी सर्लाही, धनकौल गाउँपालिका-१ मलघट्टास्थित भित्री सडकमा ना.३ त १७९८ नम्बर ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ट्याक्टरको टेलरले च्यापिएर चालक गोडैता नगरपालिका-४ रौवा बस्ने ५५ वर्षीय फेकन राउतको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै काभ्रे, पाँचखाल नगरपालिका-६ दुलाल चोकस्थित सडकमा बा.४ ख ६०६६ नम्बरको टिपरले प्रदेश ३ ००१ प १२९१ नम्बरको स्कुटरलाई आइतबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटरमा सवार सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-८ बस्ने १९ वर्षीय बिष्णु दंगाललाई उपचारको लागि धुलिखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चालक चौतारा साँगाचोक गढी नगरपालिका-८ बस्ने ३१ वर्षीय भगवान दंगालको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै महोत्तरी, सम्सी गाउँपालिका-३ लक्ष्मीनिया बैरगियास्थित सडकमा ज.१ त ५४८१ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक रामगोपालपुर नगरपालिका-८ ससौला बस्ने १८ वर्षीय शम्भु यादवलाई उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

यसैगरी बारा, सिमरा उपमहानगरपालिका-९ स्थित सडकमा ना.७ ख ३६४४ नम्बरको बस डिभाईडरमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार पर्सा रंगपुर टाँडी घर भएका ३० वर्षीय युवराज राउतको एनएमसि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको गण्डक अस्पतालमा उपचार भइरहेको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मृत्यु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More