छोराले गरे बाबुआमाथि हसिया आक्रमण- बाबुको मृत्यु आमा गम्भीर घाइते

22 July, 2019 14:01 |जन सरोकार | comments | 13650 Views

    कैलीमा एक छोराले बाबुआमाथि धारिलो हतियार प्रहार गरेका छन् । धारिलो हतियार प्रयोगबाट बुवाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।

    adsads

    समाचार अनुसार घोडाघोडी नगरपालिका–११, सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११ः३० बजे ७५ वर्षीय बावु काल्चे रावतलाई हसिया प्रहार गरी हत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले दिएको जानकारी अनुसार बावुमाथिको आक्रमणबाट जोगाउन आएकी आमा नन्दे रावतमाथि पनि उदेले धारिलो हतियार प्रहार गरेका छन् । उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

    घरायसी विवादमा छोराले आफ्नै बुवा तथा आमामाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धाननाट खुलेको प्रहरीले जानकारी दिएको छ । हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय, सुखडमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More