छोरीको सहयोगका लागि जापान आएकी धमलाको निधन- शुक्रबार अन्त्येष्टि

26 March, 2020 19:17 | जापान | comments | 849450 Views

आफ्नी छोरी सुत्केरी हुने समयमा सघाउन विगत चार महिनादेखि चिबा, जापानमा बस्दै आउनुभएकी ओखलढुंगा निवासी ममता धमलाको अकस्मात निधन भएको छ । एक हप्तादेखि अकस्मात स्वस्थ अवस्था बिग्रिएपछि फुनाबसी सिरीचु अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

उहाँको रगतमा ब्याक्टेरियाका कारण फोक्सोमा जटिल समस्या देखिएको थियो । चार महिनाअघि गर्भवती रहेकी सम्झना धमालाले सुत्केरी हुने समयमा सहयोगका लागि आमालाई बोलाउनुभएको थियो ।

  

यसैबीच ओखलढुंगा सेवा समाजले दिवंगत धमलाको आत्माको चीर शान्तिको कामना गर्दै उहाँको अन्त्येष्टिका लागि आर्थिक सहयोगको आव्हान गरेको छ । साथै उहाँको अन्त्येष्टि मार्च २७ शुक्रबार हुने जानकारी गराइएको छ ।

समाजले मृतक ममता धमलाको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सहायोगको लागि स्थानीय संघ संस्था तथा सम्पूर्ण जापानबासी नेपालीहरुमा अपील गरेको छ ।

समाजले हालका लागि आर्थिक संकलन मृतककी छोरी समझना धमालाको खातामा जम्मा गर्न अनुरोध गर्दै सबै सहयोग दाताहरूले सहयोग गरेको बैंक डिपोज़िट स्लिप पठाउन अनुरोध गरेको छ । साथै समाजले यस विषयमा एनआरएनएसंग समन्वय गरेर अगाडि बढ्ने पनि जानकारी दिएको छ ।

सहयोगका लागि खाता विवरण: जापान पोस्टबैक

12330-30747251

アデイカリ ナラヤン

यसैबीच समाजले मृतकको शवको शुक्रबार नै  तल उल्लेखित स्थानमा अन्त्येष्टि  गर्ने जनाएको छ।

273-0851千葉県船橋市馬込町1102-01
1102-01 Magome-cho, Funabashi-shi, Chiba

(यस अघि बैक खाता नम्वरको ठाउमा अन्यथा पर्न गएकोले सच्चाईएको छ। यसबाट पर्नगएको असुविधाकालागि क्षमायाचना गर्न चाहन्छौ।- सम्पादक)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More