छ बुँदे घोषणापत्र जारी गर्दै अनेसास तेस्रो च्याप्टर सम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको तेश्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन छ बुँदे टोकियो घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । शनिबार सुरु भएको सम्मेलन जापानका लागि राजदूत प्रतिभा राणाले उदघाटन गर्नुभएको थियो ।
अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको सम्मेलनमा ९ राष्ट्रका १३ च्याप्टरको सहभागिता रहेको थियो । उदघाटन सत्रमा कार्यक्रम संयोजक तथा अनेसास जापानका निबर्तमान अध्यक्ष दीप पाठकको स्वागत मन्तब्य रहेको थियो भने सम्मेलनको उद्देश्य एवं औचित्यका बारेमा अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ’माइला’ ले प्रकाश पार्नुभएको थियो ।


सो अवसरमा गायक तथा सर्जक रामकृष्णबम मल्लले ’मुटुभित्र नेपाल छ कि नेपालभित्र मुटु’ बोलको राष्ट्रिय गीत गाएर राष्ट्रिय भावना जागृत गराउनुभएको थियो ।
त्यसै गरी एनआररएन आइसीसीका निवर्तमान अध्यक्ष भवन भट्ट, अनेसास जापानका पूर्व अध्यक्ष बेलुकाजी थापा, पूर्व केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत, पूर्व केन्द्रिय अध्यक्ष तथा ट्रष्टी मोहन सिटौला, एनआरएन जापानका अध्यक्ष देबिलाल भण्डारी, एनआरएन आइसीसी कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, त्रिवित्रि उपप्राध्यापक महेश पौड्याल, निवर्तमान केन्द्रिय अध्यक्ष तथा ट्रष्टी पदम बिश्वकर्मा, जापानी नागरिक हारुहितो नोजु, एनआरएन एशिया युवा संयोजक दीपक कँडेल लगायतका थिए ।
सम्मेलनमा स्व. वेदप्रसाद पौडेल अनेसास उत्कृष्ट नेतृत्व पुरस्कार २०२० बाट अनेसास जापानका पूर्व अध्यक्ष दीप पाठकलाई सम्मानित गरिएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- कम्युनिष्टबाट जनताको विश्वासमाथि घात गर्ने काम भयो
- देशकै अब्बल बन्ने बाटोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
- लिच्छवीकालीन कमलपोखरीमा ‘सिमेन्ट र कङ्क्रिटको कमल’ !
- जापान भ्रमण गर्दै हुनुहुन्छ- पालना गर्नुपर्नेछ यस्ता नियम
- आठ बजेपछि बन्द गरिने रेष्टुरेन्ट तथा बारलाई दैनिक पाँच सय ८० डलर सहायता
- न्यायाधीहरुले प्रधानमन्त्री भेटेको समाचारप्रति सर्वोच्चको खेद
- निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : पूर्वप्रधानमन्त्री डा. भट्टराई
- वुहान पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा
- शनिबारको प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति देउवाको आग्रह
- जापानमा कोरोना संक्रमणको एक वर्ष- एकजनाबाट तीन लाखभन्दा बढी
- ‘नागरिक एप्स’को प्रयोगबाट सुशासन वृद्धि हुने प्रम ओलीको विश्वास
- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश
- भेन्टिलेटर स्थापना गरियो तर दक्ष जनशक्तिको अभावमा संचालन हुन सकेन
- संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर
- नवनिर्वाचित राष्ट्रपति बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
- विकास आयोजनाका ठेकेदार मजदूरलाई घाटाको भागीदार बनाएर पारिश्रमिक दिंदैनन्
- राष्ट्रिय भूकम्प सुरक्षा दिवसः घटाऔँ भूकम्पको खतरा जागरुक भई
- नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता- संयुक्त आयोगको बैठक बस्दै
- मार्चसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० लाख पुग्ने चिनीयाँ विशेषज्ञको चेतावनी
- बाँदर लड्ने भीरमा बन्यो आकर्षक खेलमैदान- गरे के हुँदैन ?
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


