‘छ माया छपक्कै’ मा केकी अधिकारीसंग रोमान्स गर्दै दिपकराज गिरी

29 April, 2019 17:14 | कला/मनोरन्जन | comments | 17400 Views

कमेडी जनरामा निर्माण हुन लागेको चलचिच ‘छ माया छपक्कै’ मा अभिनेत्री केकी अधिकारी लिड हिरोइनमा अनुबन्धित भएकी छन् । आइतबार केकी र फिल्मका निर्माताबीच औपचारिक रुपमा कागजी सम्झौता भएको स्रोतले जनाएको छ ।

adsads

‘घामपानी’ र ‘गोपी’ फेम्ड निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको यस फिल्ममा केकीको जोडीको रुपमा कलाकार दीपकराज गिरी हुनेछन् ।
यस फिल्मको सोमबार राजधानीको सोल्टी होटलमा एक कार्यक्रमका बीच निर्माण घोषणा हुँदैछ । दीपक शर्माको संगीत रहने फिल्ममा दीपक र केकीका अलवा केदार घिमिरे र जितु नेपालको पनि अभिनय रहनेछ ।

फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका हुन् । उनलाई केदार र जितुले सघाएका छन् । गएको तीन वर्षदेखि ुछक्का पञ्जाु को सिरिज निर्माण गर्दै आइरहेको दीपकराजको समुहले विना लगानी यो फिल्म ५० प्रतिशत मुनाफा दिने सर्तमा काम गर्न लागेको हो ।

यस फिल्ममा सम्पूर्ण लगानी ुगाजलुु निर्माता रोहित अधिकारीको रहनेछ । आफ्नो टिमलाई दर्शकले गरेको विश्वासका कारण दीपकराजको समुहले बाहिरी ब्यानरको सहकार्यमा मुनाफामा काम गर्ने जोखिम उठाएको हो । ‘छ माया छपक्कै’ पछि ुझ्यानाकुटीु निर्देशक सिमोस सुनवारसँग पनि ६० प्रतिशत मुनाफामा उनीहरु काम गर्दैछन् ।

यस फिल्म वैशाख अन्तिम साताबाट छायांकन शुरु हुनेछ भने यस वर्षको दशैंमा फिल्म प्रदर्शनमा आउने निर्माण टिमले जनाएकाे छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

फेसबुक

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

ट्वीटर

सामाजिक सञ्जाल

More