रबिना बसेलरबिना बसेल

  • रबिना बसेल
  • रबिना बसेल
  • रबिना बसेल
  • रबिना बसेल
  • रबिना बसेल
  • रबिना बसेल

छ वर्षीय बालिका रबिना बसेलको “दशैं आयो मेरो बाबा” सार्वजनिक (भिडियो सहित)

3 October, 2019 14:38 |कला/मनोरन्जन , कलिउड | comments | 10200 Views

    रबिना बसेल

    नेपालीहरुको महान पर्व दशैंको उपलक्ष्यमा प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा बाल गीत “दशैं आयो मेरो बाबा” सार्वजनिक भएको छ । उक्त गीत मा गुल्मीकी अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन् ।

    adsads

    दशैंको खुसियालीमा बालबालिकाहरुको लागि भनेर रचिएको गीतलाई उनले आकर्षक ढंगले गाएकी छिन् । यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको चौतर्फी प्रसंसा हुन थालेको छ ।

    गायक तथा कम्पोजर राजन कार्कीको संगीत तथा एरेन्ज रहेको छ भने भिडियोलाई भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्वजनिक गरिएको छ । अमेरिका बिवासी वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन् ।

    नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली सांगीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ बर्षे बालिकालाई उनले सांगितक क्षेत्रमा प्रस्तुत गरेकी छिन ।

    भिडियो :

    दशैं सम्बन्धी मार्मिक गीत सबै भन्छन् दशैं आयो (भिडियो सहित)

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    रबिना बसेल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More