अध्यक्ष दाहालअध्यक्ष दाहाल

  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल

जनकपुरमा प्रचण्डका प्रश्‍नैप्रश्‍न : हामी यसैका लागि लडेको हो त ?

20 August, 2019 09:25 |पत्रपत्रिका | comments | 16800 Views

    अध्यक्ष दाहाल

    सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसले बलिदानीको प्रतिफल नपाएको बताएका छन्। सशस्त्र द्वन्द्वमा हत्या गरिएका तत्कालीन माओवादीका नेता रामवृक्ष यादवको स्मृतिसभालाई सोमबार बर्मझियामा सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनपछि मधेसका नागरिकले झन् दुःख पाएको बताए।

    adsads

    विगतका सबैजसो आन्दोलनमा तराई मधेसले सबैभन्दा बढी बलिदानी गरेको बताउँदै उनले मधेसका जनताले त्यसको प्रतिफल भने नपाएको जिकिर गरे।’तपाईँले गरेको त्याग र बलिदानीअनुसार प्रतिफल पाउनुभएको छ कि छैन ?’, सभाका सहभागीलाई सम्बोधन गर्दै उनले सोधे, ‘यो प्रदेशको सरकारले के कति काम गर्‍यो ? सुशासनले गति लियो ? विकास हुन थाल्यो ? सरकार तुरुन्त आएर सहयोग गर्न थाल्यो त ?’

    नयाँ परिवर्तनपछि झन् भ्रष्टाचार बढेको र जनतालाई दुःख भएको भन्ने आफूले सुनेको भन्दै उनले सोधे- ‘हामी यसैका लागि लडेको हो त ?’

    सतिले सरापेको…..
    दुई तिहाईको बलियो सरकार हुँदा पनि केही गर्न नसके ‘सतिले सरापेको…’ भनेजस्तै हुने प्रचण्डले टिप्पणी गरे। ‘सरकारमा हुँदा पनि गर्न सकेनौँ भने, पहाडतिर भन्ने गरिन्छ सतिले सरापेको देश…’, प्रचण्डले भने, ‘हामी जीवित छउन्जेल अरु कुनै पार्टी आएर विकास गर्दैन।’ कम्युनिस्ट पार्टीले मात्र देशको विकास गर्न सक्ने उनको दाबी छ।

    प्रचण्डले कम्युनिस्ट पार्टी बलियो भएको प्रतिक्रियावादीलाई मन नपरेको जिकिर गर्दै उनले देश भित्र र बाहिर नेताहरूलाई बदनाम गर्ने खेल भएको बताए। सोसल मिडियामा झुटा प्रचार गरेर नेताहरूलाई बदनाम गर्ने र पार्टीभित्र फाटो पार्ने काम भएको भन्दै उनले असन्तुष्टि जनाए।

    नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालपछि सभालाई सम्बोधन गरेका प्रचण्डले माधवको भाषणतर्फ संकेत गर्दै आफूलाई ईर्ष्या लागेको बताए। माधव नेपालले मैथिलीमा भाषण गरेका थिए।

    ‘तपाईँहरूकै भाषामा बोल्न मन छ। माधवजी बोल्दा ईर्ष्या जस्तो लागेको थियो। उहाँ मैथिली बोल्नुहुन्छ, भोजपुरी पनि बोल्नुहुन्छ’, प्रचण्डले भने, ‘मैले बोलेको बुझ्नुभएको होला भन्ने विश्वास गर्छु।’

    तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य रामवृक्ष यादवको २०५१ भदौ २ गते माओवादी जनयुद्ध सुरु नहुँदै हत्या भएको थियो। मधेसमा ‘मास्टरसाब’ नामले परिचित उनी त्यहाँका लोकप्रिय नेता थिए।

    मधेसको मरुभूमिकरण

    वृहद् गुरुयोजनासहित चुरे संरक्षणमा नलागे तराई मधेसको मरुभूमिकरण रोक्न नसकिने प्रचण्डले बताए। उनले चुरे संरचणबिना मधेसको विकास गर्न नसकिने बताए।

    ‘जबसम्म चुरे संरक्षणको मास्टरप्लान (गुरुयोजना) सहित काम हुँदैन तबसम्म तराईको मरुभूमिकरण रोक्न सकिँदैन’, प्रचण्डले भने, ‘सुक्दै गएका जलासय बढाउने, बाढीले बगाएर हुने जनधनको क्षति न्यून गर्ने गरी खोला नदीमा तटबन्ध गर्ने र नागरिकले आरामसँग बस्न पाउने वातावरण नबनाइ विनाशबाट बच्न सकिँदैन।’

    सरकार र पार्टीको नेतृत्व छिट्टै तराई मधेस विकासको योजना लिएर जनतामाझ आउने उनले बताए।

    आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    भिडियो –

    अँध्यारोबाट झटारो हानेर विकल्प आउँछ कि भन्नुको कुनै अर्थ छैन : प्रचण्ड

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    अध्यक्ष दाहाल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!