जनप्रतिनिधिको तलब दोब्बर बृद्धि तत्काल फिर्ता लिन माग

24 July, 2019 19:47 |गण्डकी प्रदेश | comments | 29550 Views

    साझा पार्टीले गण्डकी प्रदेशमा मन्त्रीस्तरीय निर्णय नै गरेर सबै तहका जनप्रतिनिधिहरुको तलब यस अगाडिको भन्दा करिब दोब्बर गुणाले वृद्धि गर्ने निर्णय लज्जास्पद रहेको भन्दै त्यसको बिरोध गर्दै तत्काल फिर्ता लिन माग गरेको छ ।

    पार्टीले एक विज्ञप्ति जारी गरी राजनीति त्याग भएको र राजनीति गर्ने मान्छेले कुनै आर्थिक लाभ लिने सोँच राख्न नहुने भए पनि नेपालमा राजनीतिलाई कमाउधन्दा बनाइएको भन्दै बिरोध गरिएको हो ।

    adsads

    जिज्ञप्तिमा भनिएको छ जननिर्वाचित प्रतिनिधिहरु जनताको सेवा गर्छु भन्ने नियतले भन्दा राज्यकोषको ब्रम्हलुट गर्ने नियतले चुनावमा होमिएको देखिन्छ । उनीहरु जनताको पक्षमा काम गर्नुभन्दा पनि आफ्नो तलब सुविधा बढाउनेतर्फ बढि केन्द्रित देखिन्छन्। यस्तो प्रवृत्तिले राज्यकोषमा भार थप्नु बाहेक जनतालाई कुनै किसिमको लाभ हुँदैन ।

    “खासगरी जनप्रतिनिधिहरुलाई तलबको त्यस्तै मोह थियो भने उनीहरुले राजनीति नगरेर कुनै गज्जबको जागिर तथा ब्यापार गरेको भए बरु वेश हुन्थ्यो होला। जनप्रतिनिधि जस्तो गरिमा बोकेको पदमा बसेको मान्छेले देश अथवा आफ्नो क्षेत्रको समग्र सम्बृद्धिको चासो लिनुको साटो आफ्नै मात्र तलब भत्तामा बढि जोड दिनुले हामीले कस्तो राजनीतिक संस्कारको विकास गर्दैछौँ भन्ने प्रश्न उब्जाएको छ।”

    साझा पार्टी गण्डकी प्रदेश संयोजक महेश भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “जनप्रतिनिधिहरुलाई तलब र सुविधाको लोभ चुनावमा खर्चेको रकमको कारणले उब्जेको हो । छोटो समयमै धेरै कमाउने गलत सोँचसहित राजनीतिमा होमिएका अधिकांश राजनीतिकर्मीहरुको कारणले नै अहिलेको यो स्थिति आएको हो । यस्तै संस्कार बढ्दै जाने हो भने राज्यको सवृद्धिको परिकल्पना नगरे पनि हुन्छ । बरु देशले चर्को आर्थिक भार खेप्ने निश्चित छ । यस्ता कमाउधन्दामा रमाउने जनप्रतिनिधिले देश बनाउलान् भन्नु नेपाली जनताको दिवास्वप्न मात्र हुनेछ ।”

    विज्ञप्तिमा “अब नेपाली जनताले यस्तो प्रवृत्तिको विकल्प खोज्नुपर्ने बेला आएको छ भन्दै देश बनाउँछु भनेर त्याग गर्न सक्ने नयाँ वैकल्पिक शक्तिको खाँचो नेपाली जनताले महशुस गरिसकेको र साझा पार्टी राजनीतिलाई कमाउधन्दा गर्ने माध्यम बनाउने प्रबृत्तिको खुलेर विरोध” गर्दै उक्त अलोकप्रिय निर्णय फिर्ता गर्न माग गरिएको छ ।

    साझा पार्टीमा विशिष्ठ महिलाहरुसहित सातजना केन्द्रीय सदस्य थप

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More