जनप्रतिनिधि र विकास सबैको साझा हुुन्छ : विद्या भट्टराई

13 December, 2019 14:22 | राजनीति | comments | 14250 Views

मंसिर १४ गते सम्पन्न कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा विजयी विद्या भट्टराई अधिकारीले विकास सबैको साझा हुने भएकाले आफ्ना लागि सबै जनता समान रहेको र आफू निर्वाचित भएपछि साझा जनप्रतिनिधि भएको बताउनुभएको छ ।

शुक्रबार शुक्रबार मतदाता भेटघाटका क्रममा पोखरा २१ कृस्ति पुग्दा स्थानीयको स्वागत र शुभकामना तथा सुझावपछि उहाँले सो धारणा राख्नुभएको हो ।

adsads
मतलातालाई धन्यवाद ब्यक्त गर्दै विद्यालले आफू विषम परिस्थितिमा उम्मेदवार बनेको भन्दै समृद्धिका अपुरा सपना पूरा गर्ने बताउनुभयो । विद्याले अनेकन झुट्टा प्रचार र अबिबेकी तत्वहरुलार्इ सधैं पाखा लगाउन सो क्षेत्रमा जनताले साहसिक र बिबेकी निर्णय गर्ने गरेको भन्दै आगामी दिनमा आफूले गरेका प्रतिबद्धता पूरा गरेरै छोड्ने दृढता जनाउनुभयो ।

सो अबसरमा स्थानीयहरुले कुनै कुतत्वको प्रभावमा नपरी विगतमा रवीन्द्रलेभन्दा प्रभावकारी काम हुनेमा आफूहरुले विश्वास लिएको भन्दै बिना संकोच निरन्तर साथ दिने प्रतिबद्धता समेत जनाएका थिए ।

स्थानीय ध्रुव लामिछानेले भने कस्ले के भन्छन त्यो हाम्रो सरोकार होइन कस्ले के गर्छन त्यो हाम्रो सरोकार हो । त्यही हुनाले हामीले विद्यालाई मनैदेखि रोज्यौ । उनले राम्रो काम गरुन्जेल रोजिरहने छौ ।

प्रतिउत्तरमा विद्याले आफू जनताको हित र विकासलाई सर्बोपरी ठान्दै प्रभावकारी भूमिका निर्वाह गर्न निरन्तर तत्पर रहने र त्यसका लागि जनताको सुझाव र सल्लाह प्रमुख हुने भन्दै अब आफू सबैको साझा भएको र विकास पनि सबैको साझा हुने हुँदा सबै जनतालाई बिकासको यात्रामा सहभागी हुन आग्रह गर्नुभयो । आफ्ना लागि कोही जनता पराइ नहुने भन्दै भट्टराईले बिकास बाहेक अरु कुनै सपना नभएको बताउनुभयो ।

धन्यवाद ज्ञापन गर्न भट्टराई शुक्रबार दिनभर सो वडाका बक्रेक, मट्टीखान, बयली दोपहरे लगायतका स्थानमा पुग्ने युबा नेता एवं प्रचार सहसंयोजक झपट रानाभाटले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भ्रातृ संस्था लथालिंग

फेसबुक

कांग्रेस भ्रातृ संस्था लथालिंग

ट्वीटर

सामाजिक सञ्जाल

More