प्रचण्ड प्रचण्ड

  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड

जनवर्गीय सङ्गठनको एकता केही दिनभित्र : अध्यक्ष दाहाल

6 May, 2019 11:00 | राजनीति | comments | 11700 Views

प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजन र जनवर्गीय सङ्गठन एकताबारे केही दिनभित्र टुङ्गो लाग्ने बताउनुभएको छ । माक्र्सवादी अध्ययन केन्द्र र कालमाक्र्स द्विशतवार्षिकी मूल समारोह समितिले कालमाक्र्स २०१ जन्मस्मृतिका सन्दर्भमा आइतबार आयोजित ‘समृद्धि र समाजवाद : हामी कहाँ छौ ?’ भन्ने कार्यक्रममा पूर्व प्रधानमन्त्री दाहालले सबै जनवर्गीय सङ्गठनको एकता केही महीनाभित्र सम्पन्न गरी महाधिवेशन गरिने बताउनुभयो ।

adsads

सरकारको नेतृत्वका लागि मात्र दुई कम्युनिष्ट पार्टीको एकता नभएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “जनतालाई समृद्ध बनाएर कम्युनिष्ट आन्दोलनको नयाँ सन्देश विश्वलाई दिनुपर्छ ।” माक्र्सको राजनीतिक दर्शन, अर्थशास्त्रलगायतका चिन्तन सबै वैज्ञानिक रहेको बताउँदै उहाँले भन्नुभयो, “तत्कालीन विश्व परिवेशमा स्थापित सामन्तवाद अन्त्य गरी सामाजिक न्याय र समानताका लागि माक्र्सले कम्युनिष्ट सिद्धान्तको विकास गर्नुभएको हो ।” विगतमा कम्युनिष्ट आदर्श अवलम्बन गर्ने क्रममा त्याग र सहयोग भेट्दा हार्दिकता साटासाट भई सुखानुभूति हुने गरेको स्मरण गर्दै उहाँले पछिल्ला दिनमा कम्युनिष्ट विचार अबलम्बन गर्नेले आचरण सुधार्न जरुरी गर्नुपर्ने समय आएको बताउनुभयो ।

पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सङ्गठन स्थापना भएको करीब सातदशक भएको भए पनि एकताले गर्दा अहिले बहुमत प्राप्त भएको स्मरण गर्दै राष्ट्रियता कमजोर भएको अहिलेको अवस्थामा यसलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । कम्युनिष्ट आन्दोलनको कार्यभार लोकतन्त्र, सुशासन, आर्थिक समृद्धि भएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “महाकाली नदीदेखि लिम्पियाधुरासम्मको भाग नेपालको सिमाना हो, सरकारले त्यसलाई कायम गर्न अतिक्रमित जमिनबाट विदेशी सेनालाई हटाउनुपर्छ ।”

नेकपा नेता घनश्याम भुसालले विभिन्न समयमा विश्व परिवेशमा भएका ठूला क्रान्तिले स्थापित गरेको नेतृत्वले सहि दृष्टिकोण दिन नसकेर राष्ट्र र सङ्गठन सत्यानाश भएका अनुभवलाई लिएर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीका नेताको जीवनशैली, आम्दानी, कार्य क्षमतालाई लिएर सत्यनिरुपण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेकपाका नेताहरु राम कार्की र जयन्ती राईले जनताले आशा गरेअनुसार सामाजिक रुपान्तरण हुन नसकेको विचार व्यक्त गर्नुभयो ।

अहिलेको समय जनतालाई आतङ्कित बनाएर हिँड्ने समय होइन : अध्यक्ष दाहाल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रचण्ड

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सचिव सरुवा

फेसबुक

सचिव सरुवा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!