जनसम्पर्क समिति डेनमार्कको प्रशिक्षण कार्यक्रम सम्पन्न

25 June, 2019 15:37 |प्रबास | comments | 13800 Views

    नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली जनसम्पर्क समिति, डेनमार्कको संयोजनमा डेनमार्कको कोपेनहेगनमा भएको जनसम्पर्क समितिको तीनदिने विश्वस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    प्रशिक्षणको अन्तिम दिन सोमबार विभिन्न विषयका १० कार्यपत्र प्रस्तुत गरिएको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो ।

    adsads
    प्रशिक्षणमा काँग्रेस नेता डा रामशरण महतले ‘नवीन विश्व अर्थ व्यवस्थामा लोकतान्त्रिक समाजवाद र नेपाल’ विषयमा, नेता गोविन्द भट्टराईले ‘नेपाली लोकतन्त्रमा वामपन्थी (कम्युनिष्ट) सत्ता’ विषयमा, रामजी दाहालले ‘राजनीतिक सञ्चार’ विषयमा तथा नानुमैयाँ बाँस्तोलाले ‘महिला सशक्तीकरणमा नेपाली काँग्रेस’ विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    यस्तै किरणराज शर्मा पौडेलले ‘विदेशमा बस्ने नेपाली ः लोकतान्त्रिक आन्दोलन र राष्ट्रको विकासमा योगदान’ विषयमा, राजु नेपालले ‘नेपाली काँग्रेसको आर्थिक नीति ः राष्ट्रिय बजेट र विकासको प्रश्न’ विषयमा, नेता डा मीनेन्द्र रिजालले ‘नेपाली काँग्रेसको विधान र नेपाली जनसम्पर्क समिति’ विषयमा र काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिका’ विषयमा प्रस्तुति दिनुभएको सचिव आचार्यले जानकारी दिनुभयो ।

    नेपाल जनसम्पर्क समितिका तर्फबाट ‘नेपाली जनसम्पर्क समिति : समन्वय, सङ्गठन र नेपाली काँग्रेसको भूमिका’ विषयमा र पुरुषोत्तम दाहालले ‘महासमितिको राजनीतिक प्रस्ताव : जानकारी र समीक्षा’ विषयमा प्रस्तुति दिनुभएको थियो ।

    प्रशिक्षणको दोस्रो दिन विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिएका थिए । प्रशिक्षणपश्चात् प्रवक्ता शर्माको सभापतित्वमा भएको समापन कार्यक्रममा काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, विभिन्न मुलुकस्थित जनसम्पर्क समितिका सभापतिलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    डेनमार्क भेला काँग्रेसलाई बलियो बनाउनेमा केन्द्रित हुनेछ : विरेन्द्र सिंह कार्की

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!