जब चुंकुबा स्पेस सेन्टरमा अन्तरीक्ष यात्री ‘निक हेग’लाई शिक्षा मन्त्री पोख्रेलले ‘गो’ भने (फोटोहरुसहित)

18 June, 2019 14:05 | जापान , सूचना/प्रविधि | comments | 34500 Views

असार २ गते सोमबारदेखि नेपालको पहिलो भूउपग्रह नेपालीस्याट- १ ले पृथ्वीकोे परिक्रमा सुरु गरेको छ । जापान भ्रमणमा रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले नेपाली भूउपग्रहलाई पृथ्वीको परिक्रमाका लागि प्रक्षेपण गर्नुअघि अन्तरीक्ष यात्रीसंग कन्फ्रेन्स गर्नुभएको थियो ।

adsads

सोमबार जापानी समय अनुसार साँझ ७ः१५ बजे नास्टको लोगोसहित नेपालको झण्डा बोकेर नेपालीस्याट-१ पृथ्वीको परिक्रमाका लागि अन्तरीक्षमा प्रक्षेपण गरिएको थियो । प्रक्षेपण गर्नुअघि अमेरिकी अन्तरीक्ष यात्रीको टोलीले नेपाललाई के गरौं भनेर प्रश्न सोधेपछि शिक्षा मन्त्री पोख्रेलले गो भनेपछि नेपालीस्याट-१ छोडेको हो ।

जापानको चुंकुबा स्पेस सेन्टरमा आयोजित प्रत्यक्ष अवलोकन कार्यक्रममा शिक्षामनत्री पोखरेलको नेतृत्वमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसी, दूताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल तथा जापानका शिक्षा, संस्कृति, खेलकूद, विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च अधिकारीहरु, श्रीलंका र सिंगापुरका प्रतिनिधि तथा कार्यक्रम आयोजना गर्ने संस्था जाक्सका उपसभापति, क्युटेकका अध्यक्ष लगायत महत्वपूर्ण व्यक्तिहरुको सहभागिता रहेको थियो ।

संयुक्त राष्ट्रसंघको सहयोगमा नानो भूउपग्रहको निर्माणकार्यमा जापानको क्यूटेकसंग सहकार्य गरिएको थियो । नास्टले नेतृत्व गरेको यस निर्माणकार्यमा क्यूटेकमा अध्ययनरत नेपाली विद्यार्थीहरु आभाष मास्के र हरिराम श्रेष्ठसहित अन्य देशका ८ जनाको सहभागितामा नेपालीस्याट १ तयार पारिएको थियो ।

नेपालीस्याट-१ ले आफ्नो कार्य सुरु गरेपछि त्यहाँ उपस्थित सबैले नेपाललाई बधाई दिएका थिए । शिक्षामन्त्री पोखरेलले त्यस अवसरमा निर्माणकार्यमा संलग्न आभाष मास्के र हरिराम श्रेष्ठ र नेतृत्व गर्ने नास्टलाई धन्यवाद दिंदै अबको अन्नरीक्ष यात्रामा सदाभन्दा धेरै साथ सहयोगको अपेक्षा गर्दै क्यूटेक र जाक्साको सम्बन्धसंग आगामी दिनमा अझ बढी निकट भै सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले नेपालीस्याट-१ को अन्तरीक्ष यात्राबाट नेपाल र जापानको सम्बन्ध अरु बढी घनिष्ठ बन्न पुगेको पनि बताउनुभयो ।

अन्तरीक्षमा पठाइयो नेपालको पहिलो स्याटलाइट (भिडियो सहित)

नेपालको पहिलो भूउपग्रह २०७६ वैशाख ५ गते विहिबार नेपाली समय अनुसार विहान २ः३० बजे अमेरिकाको भर्जिनियाबाट बर्ड ३ प्रोजेक्ट अन्तर्गत नेपालको नानो भूउपग्रह पृथ्वीदेखि ४०० किलोमिटर टाढा अन्तरीष केन्द्रमा पठाइएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!