जयशंकरलाई उच्च सम्मान- कालो झण्डा देखाउन खोज्ने नेपाल नजरबन्दमा

21 August, 2019 21:36 |राजनीति | comments | 32400 Views

    ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालमाथि थिचोमिचो गरेको बिरोधमा भारतका विदेशमन्त्री एस जयशङ्कर नेपालको दुईदिने भ्रमणमा काठमाडौं आएका बखत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झन्डा देखाउने कार्यक्रम राखेको थियो । तर मोर्चाका अधयक्ष फणिन्द्र नेपाललाई घरमा नजरबन्द गरियो ।

    adsads

    कुनै मुलुकको राष्ट्राध्यक्षकै सवारी भए जसरी सरकारले जनताको मौलिक अधिकारको हनन् गर्दै अभियन्तालाई नजरबन्दमा राखेको घटनाको चर्को आलोचना भैरहेको छ ।

    जयशंकर विमानस्थलबाट होटल नपुग्दासम्म नेपाल बस्ने घरको ढोकाछेउमा प्रहरी भ्यानसहित बर्दीधारी पाँचजना र सादा पोशाकका चारजना प्रहरी तैनाथ गरी अघोषित नजरबन्द गरिएको थियो । जसका उहाँले विमानस्थलमा कालो झण्डा देखाउन पाउनुभएन ।

    यो घटनापछि नेपालले एक विज्ञप्ति जारी गरी नेपालको संविधानले शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने अधिकार प्रदान गरेको भए पनि गृह प्रशासनले त्यसको पालना नगरी कायरतापूर्ण व्यवहार देखाएको भन्दै सरकारको भर्त्सना गर्नुभएको छ ।

    नेपालको विज्ञप्ति जस्ताको तस्तै

    आज भाद्र ४ गते दिउँसो १२:०० बजे भारतीय विदेश मन्त्री एस जयशङ्कर नेपालको दुई दिने भ्रमणमा आउने विषयलाई लिएर ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एअरपोर्टको सुनौलो ढोकाको अघिल्तिरबाट कालो झन्डा देखाउने पूर्व घोषित कार्यक्रम मेरो निवासको ढोका छेउमा प्रहरी भ्यानसहित बर्दीधारी ५ जना र सादा पोशाकका ४ जना प्रहरी तैनाथ गरी मलाई अघोषित नजरबन्द गरेका कारण पूरा हुन सकेन । विरोधमा कालो झन्डा बोकेर एअरपोर्टको ढोकामा जानुपर्नेमा अाफ्नै निवासको ढोकामै पक्राउ पर्नु केवल समाचार बन्नु हो । त्यसैले अाज मैले निवासबाट निस्किएर एअरपोर्ट जान जबरजस्ती गर्नु एउटा असफल प्रयासमात्र हुने थियो ।

    नेपालको संविधानले शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने अधिकार प्रदान गरेको भए पनि गृह प्रशासनले त्यसको पालना नगर्नु छक्क पार्ने र दु:ख लाग्ने कुरा हो । सरकारको यो कायरतापूर्ण व्यवहारको म जोडदार भर्त्सना गर्दछु ।

    ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुरुदेखि नै नेपालको वास्तविक सिमाना टिस्टादेखि सतलजसम्म हो भन्ने कुरा सप्रमाण भन्दै आएको छ भने यो मोर्चा अाफ्नो स्थापना कालदेखि नै नेपाली जनताको स्वाभिमानको रक्षाका निम्ति पनि लड्दै आइरहेको छ । आज यो देशको गृहप्रशासनले शान्तिपूर्ण क्रियाकलाप गर्न पाउने मेरो मानव अधिकारको हनन मात्र गरेको छैन, व्यक्तिका आधारभूत र नैसर्गिक अधिकारलाई प्रहरीका बुटमुनि थिलथिलो पारिदिएको छ । तर मुलुकको अस्मिताको रक्षा गर्न चाहने व्यक्ति प्रहरीको दमनबाट डराउँदैन न उसको विचारलाई प्रहरीको घेरामा राखेर कैद गर्न सकिन्छ । यदि मलाई थुन्दैमा र मेरो बाटोमा अवरोध पुर्याउँदैमा बहुसंख्यक नेपाली जनमानसमा रहेको भारतप्रतिको घृणा कम हुन्छ भन्ने ठानेको छ भने त्यो नेपाल सरकारको सङ्कुचित दृष्टिकोण मात्रै हो ।

    नेपाल र भारतबिचको सम्बन्धमा विशाल खाडलहरू छन् र ती खाडल पुर्ने हो भने नेपालले ठुलो जोखिम उठाउन सक्नुपर्छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले उठाउँदै आइरहेको नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिनबाट भारतले आफ्नो उपनिवेश अन्त्य गर्नुपर्छ भन्ने माग संबोधन नभएसम्म नेपाल र भारतबिच सम्बन्ध सुदृढ हुने कुरै छैन । त्यस्तै २०७२ सालमा आएको अत्यन्त शक्तिशाली भूकम्पपछि हामी नेपाली तङ्ग्रिन नपाउँदै २०७२ -७३ सालमा भारतले नेपालविरुद्ध लगाएको आर्थिक नाकाबन्दी पूर्णरूपमा गलत थियो भनी नेपाली जनतासमक्ष भारत सरकारले माफी नमागेसम्म नेपाल – भारतबिच सम्बन्ध सुदृढ हुनै सक्तैन ।

    आज बिहान ९:०० बजेदेखि प्रहरी परिचालन गरी मलाई मेरो निवासमै नजरबन्दको अवस्थामा राखेका कारण भारतीय विदेश मन्त्रीएस जयशङ्करलाई कालो झन्डा देखाउने कार्यक्रम सम्पन्न हुन नसकेकोमा मेरो फेस बुक वालमार्फत नै एस जयशङ्करका नाममा कालो झन्डा हल्लाएर तीव्र विरोध जनाउँछु ।

    फणीन्द्र नेपाल
    अध्यक्ष
    ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
    २०७६-०५-०४

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!