जर्जिया पठाई दिन्छु भनी ठगी गर्ने राई पक्राउ

8 November, 2019 19:37 |जन सरोकार | comments | 2100 Views

    जर्जियामा आकर्षक रोजगारीको प्रलोभन दिएर सात लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । समाचार अनुसार मोरङ पथरी नगरपालिका वडा नं १ वस्ने रामकृष्ण राईले जर्जियामा क्लिनरको जागिर लगाइदिने प्रलोभन दिई ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

    adsads

    निजले दोलखा गौरीशंकर गाउँपालिका वडा नं ६ घर भई कोटेश्वपर बस्ने कामे शेर्पालाई मासिक ९०,०००। तलव, खान बस्न समेत कम्पनीले नै दिने प्रलोभन देखाई सात लाख पचास हजार हजार रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएका थिए ।

    सोही उजुरीका आधारमा महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले निजलाई बिहिबार मोरङ जिल्लाको उर्लावारीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

    प्रारम्भिक अनुसन्धानका क्रममा निजले राजन राईबाट ३५००००।–, ईन्द्र लिम्बुबाट ५,००,०००।–रकम लिई ठगी गरेको खुल्न आएको । निजले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने सम्भावना रहेकोले समयमै सजगरसचेत रहन हुन सम्पुर्ण महानुभावहरुमा अनुरोध गरिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!