हिमनदी हिमनदी

  • हिमनदी
  • हिमनदी
  • हिमनदी
  • हिमनदी
  • हिमनदी
  • हिमनदी

जलवायु परिवर्तनको असर :तापक्रम वृद्धि भइरहे दुई तिहाइ बढी हिमनदी पग्लिने

5 February, 2019 10:45 | जन सरोकार | comments | 63300 Views

हिमनदी

जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा तापक्रमको वृद्धि भइरहने हो भने सन् २१०० सम्म दुई तिहाइ बढी हिमनदी पग्लिएर सकिने तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक भएको छ । हिन्दूकुश क्षेत्रमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र(इसिमोड)ले पाँच वर्ष लगाएर गरेको अध्ययनअनुसार जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न भएका प्रयास असफल भएको खण्डमा केही हिमनदी पग्लिएर पानीको हाहाकार हुने र जनजीवनसमेत प्रभावित हुने देखिएको छ ।

adsads

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले यस शताब्दीको अन्त्यसम्म १।५ डिग्री तापक्रममा सीमित गर्ने लक्ष्य राखेको छ तर तापक्रम वृद्धिदर भने सोही अवस्थामा रहन्छ कि रहँदैन भन्ने आशङ्कासमेत रहेको छ ।

विश्वको तेस्रो धु्रवका रुपमा रहेको सगरमाथा, माउण्ट के टुजस्ता उच्च हिमाली क्षेत्रमा पर्वतारोहणमा जानेले समेत ती क्षेत्रमा उच्च दरमा हिउँ पग्लिरहेको पाइएको उल्लेख गर्दै प्रतिवेदनमा एक तिहाइ बढी हिमनदी समस्यामा परेको पाइएको बताएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बसोबास गर्दै आएका २५ करोड तथा नदी किनारमा बस्दै आएका एक अर्ब ६५ करोड नागरिक सबैभन्दा बढी प्रभावित हुने प्रतिवेदनले औँल्याएको छ ।

जलवायु परिवर्तनका कारण हिमाली तथा उच्च पहाडी क्षेत्रमा समेत खानेपानीको समस्या हुने र त्यसबाट सबैभन्दा बढी प्रभावित हुने उल्लेख गर्दै प्रतिवेदनमा हिमाली क्षेत्रमा बढेको वायु प्रदूषणका कारण अन्य समस्या पनि देखिने जनाएको छ ।

यस्तै मनसुनमा पनि पानी नपर्दा शहरी खानेपानी प्रणालीमा मात्रै नभई खाद्य तथा ऊर्जा उत्पादनमा समेत केही समस्या उत्पन्न हुनेछ । इसिमोडले अन्तर सरकारी जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन, हिन्दूकुश हिमालय क्षेत्रमा भएका अध्ययन तथा खोज, ३५० अध्ययनकर्ताको प्रतिवेदन, २२ देशका १८५ सङ्घ सङ्गठनको खोजका आधारमा प्रतिवेदन तयार पारिएको उल्लेख गरिएको छ ।

हिन्दूकुश क्षेत्रले तीन हजार ५०० किलोमिटर क्षेत्र ओगटेको छ । त्यसमा अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मा, नेपाल र पाकिस्तान पर्दछ । यस क्षेत्रमा उच्च हिमशृङ्खला, हिमनदी र १० भन्दा बढी ठूला नदी प्रणाली रहेका छन् । त्यसमा गङ्गा, इन्दुज, यल्लो जस्ता नदी पर्दछन् ।

सोमबार प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा इसिमोडका महानिर्देशक डा डेभिड मोल्डेनले हिमालय विश्वको साझा सम्पदा भएको र करोडौँ जनताको जीवनसँग जोडिएकाले यसको संरक्षणका लागि क्षेत्रीयस्तरमा समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । इसिमोडका उपमहानिर्देशक एकलव्य शर्माले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमालय क्षेत्रमा परेको र यसले विभिन्न चुनौती ल्याएको उल्लेख गर्दै त्यसको समाधानका लागि विज्ञान, राजनीति र नीतिबीच समन्वय खोज्न प्रतिवेदनले विभिन्न विकल्पहरु दिएको उल्लेख गर्नुभयो ।

जलवायु परिवर्तनको असर : फागुन, चैतमा फूल्नु पर्ने लालीगुराँस पुस महिनामै ढकमक्क

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
हिमनदी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!