जलवायु परिवर्तनले निम्त्याइरहेको सामाजिक उथलपुथल र क्रुरता

23 October, 2019 15:17 |बिचार | comments | 13650 Views

    जलवायु परिवर्तनको संकट हेर्दा केही देखिंदै र योभन्दा ठूलो समस्या सयौं छन् विश्वमा तर यो नै यस्तो समस्या हो जसले आफूसंगै अरु धेरै समस्या जन्माइरहेको छ । अहिलेको जलवायु परिवर्तन विश्वको सबभन्दा ठूलो समस्याका रुपमा रहेको छ आर्थिक, सामाजिक क्षेत्रमा व्यापक असर गर्नुका साथै भोकमरी, विस्थापन, अपराध र क्रुरता बढाएको छ- कतिसम्म भने जलवायु परिवर्तनका कारण मानिस क्रुर बन्दैछ, हिंसामा उसको रुची बढेको छ, हत्या, बलात्कार जस्ता घटना बढ्नुमा यसको प्रमुख हात छ ।

    adsads

    पृथ्वीको तापक्रम बढेर भएको उथलपुथल नै जलवायु परिवर्तन हो र यसको प्रमुख कारक भनेका विकसित राष्ट्रहरू नै हुन् । उनीहरुले उत्सर्जन गरेको हरित गृह ग्यासका कारण विश्वको तापक्रम बढ्दैछ । सूर्यको प्रकाशमा रहेको विकिरण छेक्ने ओजोन तह पातलिंदैछ । जसले गर्दा हिमालको हिउँ पग्लदैछ भने समुद्रको सतह बढिरहेको छ । यसले पार्ने प्रभाव भनेको जैविक विविधताको क्षय, कृषि चक्रमा गडबडी, पानीको अभाव, इन्धनको समस्या र विविध प्रकारका रोगव्याधीको प्रकोप नै हो । यस्ता समस्याहरूको सुरूवात भैसकेको छ ।

    अहिले विश्वमा खाद्यान्न उत्पादन र पानीको स्रोतको संरक्षण अहिलेको प्रमुख चासो र चिन्ताको विषय हो । जलवायु परिवर्तनको प्रभाव जसरी बढ्दैछ विश्वमा खाद्य संकट पनि बढ्दैछ । यसको कारण जलवायुमा परिवर्तन आई उब्जनी घट्नु नै प्रमुख हो । चार दशकअघि दक्षिण एशियामै प्रमुख अन्न उब्जाउने राष्ट्रमा पर्ने नेपालमा आजकल सबभन्दा कम उब्जाउ हुन्छ । जलवायुमा परिवर्तन आएर प्रभाव पारेकै कारण बेमौसमी बालीनाली र फलफूलको त कुरै छोडौं, मौसमी खेती पनि गर्न नसकिरहेको अवस्था छ । भू–उष्णीकरणले गर्दा हरेक वर्ष पृथ्वीको तापक्रम बढ्दै छ । तापक्रम बढेकोले हिमालयको हिउँ पग्लिएर बाढी र पहिलो निम्तिरहेका छन् । जनसंख्या बढिरहेको छ तर खेतीयोग्य जमिन घटिरहेकाले उब्जनी राम्रो अनुपातमा बढ्न सकेको छैन । अवैज्ञानिक ढंगले प्रयोग गरिने विषादीले वातावरण प्रदूषण गराई जलवायु परिवर्तनलाई बढावा दिन्छ । मौसम अनुसारको हावापानी र जलचक्र भएन भने अन्न बढी उब्जाउने सपना नदेखे हुन्छ । उल्टै असिना पानी, हावाहुरी आदिले फूल, फल सबै नाश पारिदिएको छ । जस्तै, फलफूल फूल्ने र फल लाग्ने समयमा अथवा बाली पाकेको बेलामा असिना र हावाहुरी चलिदियो भने किसानले के पाउने ? यो अनिच्छाइएको पीडा विश्वले खेपिरहेको छ । यी सबको कारण जलवायु परिवर्तन नै हो ।

    जलवायु परिवर्तनका कारण भूमिहीनको संख्या बढ्दैछ । हिजोसम्म जग्गजमिनका मालिक आज सुकुम्बासी बन्न पुगेका छन् । बाढी, पहिरो, मरूभूमिकरण जस्ता समस्याले बसाइसराइ गर्ने प्रवृत्ति बढ्दो छ । अर्कोतिर केन्द्रिकृत विकासका कारण पनि सो प्रवृत्तिमा बढोत्तरी आइरहेको छ । गाउँघरका जग्गाजमिन छोडेर शहरमा अवसरको खोजीमा भौतारिने प्रवृत्ति बढ्दो छ । एकातिर परिवारको पेट पाल्न पुग्ने गरी खाद्यान्न उत्पादन नहुने, अर्कोतिर इन्धन तथा पानीको अभाव पनि बसाइसराइको समस्या हो । जलवायु परिवर्तनका कारण आफ्नो थातथलो छोड्नुपर्ने वाध्यतामा पर्नेहरूको संख्या बढिरहेको छ ।

    यी समस्याहरूको समाधान भनेको भूमिको समानुपातिक विभाजन र जलवायु परिवर्तनका कारण प्रभावित भएकाहरूलाई क्षतिपूर्ति दिएर परिवर्तित वातावरण अनुसारको कृषि प्रणालीमा अग्रसर गराउनु हो । तर नेपालमा घोषणा हुने तर काम केही नहुने भैरहेको छ । भूमिको व्यवस्थापनविना कृषिको विकास सम्भव छैन भन्ने जान्दाजान्दै काम गर्नेले खान नपाउने अवस्था अझै छ । नेपालको कृषि निर्वाहमुखी छ र अबको आवश्यकता निर्यातमुखी बनाउनु हो । यसका लागि सिंचाई, आवश्यक मल, बीउ र तालिमहरूको व्यवस्था हुनपर्छ । भूमि व्यवस्थापन, आधुनिक कृषि प्रणाली र यसका अन्य आधारभूत पक्षहरूको समुचित विकासका लागि मुलुक अघि बढ्नुपर्ने बेला आइसकेको छ । अबका दिन नारामुखी होइन कार्यमुखी हुनुपर्छ र जनताको अपेक्षा पनि यही हो । अझ नेपाल जस्तो भूपरिवेष्ठित र जटिल भौगोलिक बनावट भएको मुलुकमा खाद्य सुरक्षा गम्भीर चुनौतिको विषय हो । नेपाल दुई तिहाई जनता कृषिमा आश्रित भए पनि मुलुक खाद्यान्नमा आत्मनिर्भर हुन सकेको छैन । कृषिमा आकर्षित गर्ने नीति नियम बन्न नसकेका कारण उर्बर भूमि उजाड हुने क्रम बढिरहेको छ । केही दशक अघिसम्म खाद्यान्न निर्यात गर्ने मुलुक नेपाल अहिले खाद्यान्न आयात गर्नेमा पर्दछ । आलु जस्तो सबै किसिमको भू–भागमा उब्जनी हुनसक्ने वस्तु समेत विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ ।

    एकातिर कृषिमा लाग्नुभन्दा खाडी, मलेसिया जानु बेस भन्ने प्रवृत्ति बढ्दो छ अर्कोतिर जलवायु परिवर्तनले कृषिलाई पारेको प्रभावले पनि उत्पादनमा कमी आउन थालेको छ । साथमा आयातित बीउहरुले गरीब किसान ठगिएका छन् । यसै वर्ष पनि सिफारिश गरिएको धानमा बाला नलागेपछि किसान चरम मर्कामा परेका छन् । कृषिमा सुधारका नाममा बहुराष्ट्रिय कम्पनीकाा उत्पादन बेचेर एकातिर किसानलाई मार अर्कोतिर माटोको उर्बराशक्ति क्षय हुँदैजाने स्थिति द्रुतगतिमा बढिरहेको छ । हो, ८० प्रतिशतभन्दा बढी जनता कृषिमा आश्रित हाम्रोजस्तो देशको समग्र विकासको लागि सुधारोन्मुख कृषितन्त्रको आवश्यकता पर्दछ भन्नेमा कसैको दुईमत छैन तर यसका लागि आयातित मल बीउलाई जोड दिने कि जमीको उपयोगमा भन्ने योजना छैन । अहिले मात्र भएको कृषियोग्य जमिनलाई समुचित ढंगले उपयोग गर्न सक्यौं भने कृषिबाटै आत्मनिर्भर बन्न सक्छौं ।

    नेपालमामा करीब ४० लाख हेक्टर खेतीयोग्य जमिन छ । यसमध्ये दुई तिहाईभन्दा कम जमिनमा व्यापारिक खेती र बाँकीमा मा परम्परागत खेती छ । अनि अर्काे महत्वपूर्ण कुरा खेखीयोग्य त्यो जमिन वास्तविक कृषकको पहुँचभन्दा बाहिर छ । अहिले पनि देशका तमाम ठाउँहरूमा एकै व्यक्तिले सयौं विघा वा रोपनी जग्गा आफ्नो पकडमा राखेका छन् । जमिनमाथिको यो असमान विभाजनले कृषिमा आश्रित जनसंख्याको ठूलो हिस्सा अझै पनि गरिबीको रेखामुनि नै रहेको तथ्य कसैबाट छिपेको छैन ।

    जनताको गरीब घटेको छ सरकारी तथ्यांकमा र हेर्दा सही पनि हो । किनभने वैदेशिक रोजगारीले जीवनस्तर उकासेको छ । गाउँमा बस्नेहरु शहरमा बस्न थालेका छन् । तर यो विकास र उन्नति अस्थायी हो । दीर्घकालीन रुपमा जनताको जीवनस्तर उकास्न उनीहरुमा स्थायी आयआर्जनको स्रोत चाहिन्छ । जुनदिन वैदेशिक रोजगारीमा बिराम लाग्छ त्यो दिनबाट नेपालको अवस्था कस्तो होला अहिले नै कल्पना गर्न सकिन्छ । ४० लाख युवाहरु मात्र श्रमका लागि विदेशिएका छन् । उनीहरुलाई उद्यमशील बनाउने योजना चाहियो, युवाहरुलाई कृषिमा लाग्ने प्रेरणादायी सुविधा दिन सरकारले ढिलाई गर्नु हुन्न । किनभने अबको व्यापार कृषिको हो ।

    अहिले आर्थिक विकासको परिभाषा बदलिएको छ । औद्योगिक उत्पादनले मात्र अर्थतन्त्र धानिन सक्दैन । प्रकृतिलाई आत्मसात गरेर गरिने उपलब्धि नै दीगो हुन्छ । अबको व्यापार भनेको हतियारको हैन खाद्यान्नको हो । त्यसैले अरूको नक्कल गरेर र अरूले घोकाइदिएको सुगा रटान गरेर होइन कि माटो सुहाउँदो कृषि प्रणाली अपनाउनु पर्दछ । यसका लागि जमिनको समानुपातिक वितरण र व्यवस्थापन तथा कृषियोग्य जमिनको संरक्षण गरेर वैज्ञानिक कृषि प्रणालीसंगै भूमिहीनहरूको जीवनस्तर उकास्न भूमिमाथि हदबन्दी कायम गरिनु पर्दछ । जलवायु परिवर्तनका कारण परेको प्रभाको न्यूनीकरणका लागि जवर्जस्त आवाज उठाउन सक्नुपर्दछ ।

    नेपालको सर्वाधिक ठूलो समस्या भनेको बढ्दो अव्यवस्थित शहरीकरण हो । योजनाबिना नै विकास गरिएका बस्तीले पानी र खाद्यान्नको स्रोत मास्दै गएको छ । अर्कोतिर नदीनाला र वनजंगलको संरक्षणसंगै आधुनिक कृषि प्रणाली र जमिनको समानुपातिक विभाजनले मात्र नेपालको कृषितन्त्रले फस्टाउने मौका पाउनेछ । जलवायु परिवर्तनको पहिलो प्रहार पानीमा हुने हुँदा यसको संरक्षणका लागि अहिलेदेखि नै दत्तचित्त भएर लाग्नुको विकल्प छैन ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!