जलवायु परिवर्तन र वातावरण विनाशको प्रभाव उत्पादन घट्दै यार्सागुम्बाको

16 June, 2019 20:24 | अर्थ , जल/वातावरण/स्वास्थ्य | comments | 11100 Views

जलवायु परिवर्तन र वातावरणको विनाशले पुर्याउने आर्थिक क्षतिको आँकलन सुरुवातमै गर्न सकिएन भने त्यसले ठूलो संकट निम्त्याउँछ । अहिले यस्तै स्थितिको सामना गर्दछ बहुमूल्य हिमाली जडिबुटी यार्सागुम्बाले ।

adsads

दुई दशकयता व्यावसायिक संकलन सुरु भएका यार्सागुम्बा हिमाली क्षेत्रका बासिन्दाको २५ प्रतिशत आयस्रोत बनेको छ । तर, संकलको भीड र वातावरणीय प्रदूषणका कारण यार्साको उत्पादन घट्न थालेको छ

नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुमलगायत २५ हिमाली जिल्लाका उच्च क्षेत्रमा यार्सागुम्बा उत्पादन हुने गरेको छ । डोल्पा, दार्चुला, रुकुम र बझाङ जिल्ला यार्सागुम्बा उत्पादन र गुणस्तरका हिसाबले सबैभन्दा महत्वपूर्ण मानिन्छन् ।

यार्सागुम्बा संकलन गर्न स्थानीय जनता ज्यानै जोखिममा राखेर त्यसतर्फ जाने गरेका छन् । यार्सागुम्बा संकलनका क्रममा यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ ।

यार्सागुम्बा वर्षमा छ महिना हिउँले ढाकिने तीन हजार ९०० मिटरदेखि पाँच हजार १०० मिटरसम्मका हिमाली घाँसे मैदानमा पाइन्छ । तर आजभोलि यार्सा सङ्कलनको समयमा अनियन्त्रित रुपमा बहन क्षमता भन्दा धेरै ठूलो जनसमुदाय सङ्कलनमा जाने हुँदा वातावरणीय प्रदूषण बढेर यार्साको उत्पादन पछिल्लो समय घटेको छ ।

हिउँ पर्ने र पग्लिने अवधिमा अनियमितता, अनियमित र अपरिपक्व यार्साको सङकलन, जलवायु परिवर्तनका असरलगायत कारणले यार्साको उत्पादन घट्दै गएको विज्ञको भनाइ छ ।

नेपालमा सबैभन्दा बढी उत्पादन हुने भनिएको डोल्पामा गत वर्षसम्म एक जनाले सरदर २०० वटासम्म यार्सा सङ्कलन गर्ने गरेको भए पनि यस वर्ष एकजनाले २५÷३० वटा मात्रै यार्सा भेटाएको अनुभव सुनाएको डिभिजन वन कार्यालय डोल्पाका नरबहादुर क्षेत्री बताउनुभयो ।

उहाँले भन्नुभयो – “विगत दश वर्षमा यस वर्ष धेरै हिउँ परेका कारण धेरै यार्सा पाइन्छ भन्ने आशमा डोल्पाका स्थानीय बासिन्दासँगै रुकुम (पूर्व), जाजरकोट, जुम्लालगायत जिल्लाबाट हजारौं मानिस यार्सा टिप्न आएका थिए तर, अपेक्षाविपरीत कम पाइएपछि फर्किन थालेका छन् ।”

धेरैजना डोल्पामा से–फुक्सुण्डो राष्ट्रिय निकुञ्ज र सामुदायिक वनअन्तर्गतका हिमाली क्षेत्रका पाटनमा यार्सागुम्बा सङ्लकन गर्न जाने गरेका छन् । निकुञ्जले आफ्नो संरक्षण क्षेत्रमा यार्सागुम्बा सङ्कलनको अनुमतिका लागि जिल्ला बाहिरका प्रतिव्यक्तिलाई रु तीन हजार, जिल्लाभित्रका व्यक्तिलाई रु दुई हजार र स्थानीय उपभोक्ता समिति आबद्ध व्यक्तिलाई रु ५०० शुल्क लिने गरेको छ ।

त्यस्तै, डिभिजन वन कार्यालयले आफ्नो क्षेत्रमा सङ्कलनका लागि यार्सागुम्बा प्रतिकेजी रु ३० हजारका दरले राजश्व लिने गरेको छ । विसं २०६४ देखि २०६८ सम्म डोल्पामा जिल्ला वन अधिकृतका रुपमा काम गर्नुभएका यार्सा विज्ञ राजु क्षेत्री भन्नुहुन्छ – “यार्सागुम्बा सङ्कलन गर्ने अनियन्त्रित विधि र अनावश्यक भीडले गर्दा अन्य प्रजातिका वनस्पतिको विनाश र त्यस क्षेत्रमा प्रदूषण बढेर यार्सा उत्पादनमा नकारात्मक असर पर्छ ।”

कुल वार्षिक उत्पादन परिमाणको ८० प्रतिशत नबढ्ने गरी मात्र सङ्कलन अनुमति दिनुपर्ने उहाँको सुझाव छ । पाटनलाई पाँच खण्डमा विभाजन गरी त्यसमध्ये एक खण्ड सङ्कलन नगरी संरक्षित क्षेत्रका रुपमा राख्न सके दिगो उत्पादनमा सघाउ पुग्ने क्षेत्री बताउनुहुन्छ ।

यस वर्ष दार्चुलामा पनि बाक्लो हिउँ प¥यो । सङ्कलकहरु हिउँ पग्लिने पर्खाइमा छन् । गत वर्षहरुको तुलनामा यार्साको उत्पादन घटेको स्थानीय बासिन्दाले बताएको सहायक वार्डेन घिमिरेले जानकारी दिनुभयो । यार्साको गुणस्तरका आधारमा प्रतिकेजी रु १० लाखदेखि १६ लाखसम्म स्थानीयस्तरमा व्यापारीले खरिद गर्ने गरेका छन् ।

अवैध कारोबार बढ्दो
मुलुकभर हाल वार्षिक करीब दुई हजार केजीको हाराहारीमा यार्सा वैध बाटोबाट विदेश निकासी हुने गरेको छ । यस बाहेक उत्पादनको ५० प्रतिशत जति हिमाली जिल्लाका सीमाबाट तिब्बतमा चोरी निकासी हुने गरेको अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा हाल यार्सा प्रतिकेजी रु २० लाखदेखि २५ लाखसम्ममा बिक्री हुने गरेको बताइन्छ ।

कारोबार र राजश्वका दृष्टिले अन्य जडीबुटीको तुलनामा यार्सा निकै महत्वपूर्ण भएकाले राज्यका तर्फबाट तत्काल स्पष्ट नीति आउन आवश्यक छ । वन मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुंगाना यार्सा सङ्कलन तथा ओसारपसार व्यवस्थित गर्न मन्त्रालयले वन ऐन, नियमावली र निर्देशिकामार्फत व्यवस्था गरेको बताउनुहुन्छ ।

विगत दुई शताब्दीदेखि चिनियाँ उपचार पद्धतिमा व्यापक रुपमा प्रयोग हुँदै आए पनि दुई दशकअघिमात्र नेपालीले यसलाई चिनेका हुन् । विश्वभर यार्साका ५०० भन्दा बढी प्रजाति अभिलेखीकरण गरिएका छन् । नेपालमा अहिलेसम्म यसका ११ प्रजातिको पहिचान भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ ।

नेपालमा यार्साको प्रयोग खासगरी दम, क्षयरोग, लहरेखोकी, मिर्गौला रोग, फोक्सोमा खराबी, नपुङ्सकता, रक्तचापसम्बन्धी समस्या निदानमा प्रयोग हुने गरिएको छ । शरीरको रोगसँग लड्ने क्षमताको विकास र अनियमित रक्तस्राव रोक्न पनि यसको प्रयोग भएको पाइन्छ ।

विसं २०५८ अघिसम्म यार्साको सङ्कलन, ओसारपसार तथा प्रयोगमा पूर्ण प्रतिबन्ध थियो । यसको उपयोगितालाई ध्यानमा राखेर २०५८ पुस १६ गते यसको यार्सा सङ्कलन, ओसारपसार र प्रयोगमा फुकुवा गरिएको हो । चीन, हङकङ, मलेशिया र जापान यसको मुख्य बजार हुन् । पछिल्लो समय यार्साको व्यवस्थित सङ्कलन र दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने परम्पराको थालनीसमेत भएको छ ।

२० जना यार्सा तस्कर यार्सागुम्बा र नगदसहित पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!