जहाँ नेपाली फोन सेवा नै छैन…

23 April, 2016 16:06 | जन सरोकार | comments | 93900 Views

इलाम जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि पूर्वी इलामको जिर्मलेका केही वडाका बासिन्दा वर्षाैंदेखि सञ्चार सुविधाबाट वञ्चित छन् ।

TelephoneLg15

नेपाली भूमि भएर पनि सलकपुरमा नेपाली मोबाइल सेवा उपलब्ध नहुँदा सर्वसाधारण भारतीय मोबाइल प्रयोग गर्न बाध्य छन् ।

adsads

जिर्मलेको १, २ र ३ नं वडाका बासिन्दा एक्काइसौँ शताब्दीमा पनि सञ्चारविहीन बन्नुपरेको छ । “तीन वडा सञ्चारकै पहुँच बाहिर छन्,” स्थानीय शमशेर राईले भन्नुभयो – “अरुतिर सामान्य भइसकेको मोबाइल सेवा यहाँ भने विस्तार हुनै सकेको छैन ।”

नेपाली मोबाइलको सेवा नपाएपछि सलकपुरवासीले विकल्पको रूपमा भारतीय कम्पनीको मोबाइल प्रयोग गर्छन् । भारतीय सीमावर्ती क्षेत्र नजिकै भए पनि भारतीय मोबाइलको नेटवर्क पनि खासै राम्रो छैन । सलकपुर पहाडी क्षेत्र बढी भएकाले भारतीय नेटवर्क समेत प्रभावकारी नभएको स्थानीयवासीको भनाइ छ । कतैकतै नेटवर्क टिप्ने भएकाले त्यसैबाट काम चलाइने गरिएको स्थानीयवासी यामप्रसाद अधिकारी बताउनुहुन्छ ।

तीन सय ५० भन्दा बढी घरपरिवार रहेको सलकपुरका १, २ र ३ का बासिन्दाले वर्षाैंदेखि मोबाइल सेवा नपाएपछि भारतीय मोबाइलकै भर पर्नुपरेको छ । अधिकारी भन्नुहुन्छ – “भारतीय मोबाइल भएपनि जिल्लाकै अन्य ठाउँमा फोन गर्नुप¥यो भने निकै दुःख झेल्नुपर्छ । नेपाली कम्पनीको मोबाइलमा भारतीय कम्पनीको मोबाइलबाट फोन गर्दा सम्पर्क नहुने समस्या भएकाले सानो कामको लागि पनि धाउनुपर्ने बाध्यता छ ।”

कसैसँग मोबाइलबाट सम्पर्क गर्नुपरेमा मोबाइल बोकेर एकघन्टा दूरीमा रहेको डाँडासम्म निस्कनुपर्ने वाध्यता रहेको स्थानीयवासीको गुनासो छ । उनीहरु महङ्गो भएपनि भारतीय सिमकार्ड चलाउन बाध्य छन् । गाउँमा भारतीय मोबाइलको रिचार्ज कार्ड व्यापारीले महङ्गोमा बिक्री गर्ने गरेका छन् । “यहाँ भारु १० को कार्ड खरिद गर्दा ३० रुपैयाँसम्म तिर्नुपर्छ,” स्थानीयवासी कुमार मोक्तानले भन्नुभयो । झापाको काँकडभिट्टामा रिचार्ज कार्ड पाइने र मोबाइलमा ब्यालेन्स सकिँदैपिच्छे किन्न जाने झन्झटले पनि स्थानीय जनता महङ्गोमा कार्ड किन्न बाध्य भएका हुन् ।

सलकपुरमा सीमापारिको रिलायन्स, एयरटेल, एर्सियल, भोडाफोनजस्ता मोबाइल कम्पनीको नेटवर्क आउँछ । तर, नेपालको नमस्ते, युटिएल, स्काइ, एनसेललगायत कुनै पनि मोबाइलको नेटवर्क आउँदैन । मोबाइल सेवा नभएपछि गाउँमा उत्पादित कृषिउपज बिक्री गर्न समेत बाधा उत्पन्न हुने गरेको यहाँका किसानको दुखेसो छ ।

नेपाल टेलिकम इलाम शाखाका प्रमुख ज्ञाननाथ सापकोटाले चालु आवमा जिल्लाका पाँच ठाउँमा बिटिएस टावर राख्ने र यसमा सलकपुरलाई पहिलो प्राथमिकता दिने बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता

फेसबुक

सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!