जहाजले पूरा सिट यात्रु बोक्दा कोरोना नसर्ने, बसमा सर्ने हुन्छ र ?

20 September, 2020 16:50 | जन सरोकार | comments | 19800 Views

सरकारले हवाई जहाज र बस सेवामा ठूलो विभेद गरेको छ । असोज ५ गतेदेखि देशभर हवाई सेवा सुचारु हुँदा उडान संख्या पाएका वायुसेवाहरुले सिटभरि यात्रु बोकेर उड्न पाउँछन् भने असोज १ गतेदेखि संचालित बस सेवामा भने सिटको आधा मात्र यात्रु राख्न पाउँछन् ।

बसमा सिट क्षमता अनुसार यात्रु राख्दा कोरोना संक्रमण फैलने सम्भावना भएको सरकारको मान्यता हो भने हवाई जहाजमा सिटभरी यात्रु राख्दा के कारणले कोरोना संक्रमणको डर हुँदैन ? अहिले यातायात व्यवसायीहरु यही प्रश्न गर्न थालेका छन।

  

हवाई जहाजले सिटभरि यात्रु बोक्न पाउने भएपछि यातायात व्यवसायीहरुले सार्वजनिक सवारीमा सिट क्षमताअनुसरकै यात्रु बोक्न पाउनुपर्ने माग अघि सारेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला आन्तरिक वायुसेवा र बसमा पूर्ण क्षमता यात्रु चढाउनुबीच कुनै अन्तर नभएको बताउँदै पुरै बसलाई यात्रु बोक्न दिने गरी निर्णय हुनुपर्ने बताउनुहुन्छ ।

उहाँको प्रश्न छ आन्तरिक हवाई उडानमा यात्रुबीच दूरी कायम हुँदैन भने बसमा मात्रै किन त्यो नियम लगाउने ? विमानका यात्रु र वायुसेवा सञ्चालकले जे जे मापदण्ड पुरा गर्छन्, आफूहरु त्यो पालना गर्न तयार रहेको पनि उहाँ बताउनुहुन्छ ।

सिटौलाका अनुसार पुरै सिट क्षमता यात्रु बोक्न दिए ५० प्रतिशत बढी भाडा लिनुनपर्दैन । अहिले बसहरुले यात्रु नै नपाइरहेको र पाउँदा पनि आधा मात्रै बोकेर हिँड्दा लामो दूरीको सवारीलाई सञ्चालन खर्च उठाउन मुस्किल परिरहेको छ ।

व्यवसायीहरुले दशैं नजिकिएकाले बसमा यात्रुको चाप बढ्न सक्ने भएकाले अहिले सरकारले लगाएको नियम पालना गर्न कठीन हुने अवस्था आउने बताएका छन् । विगतमा पनि दशैंका बेला यात्रुले कोचाकोच गरेर यात्रा गरेकोर अहिले आधा मात्रै सिट क्षमता यात्रु बोकेर सेवा दिन बसको संख्या नै पर्याप्त नहुने तर्क उनीहरुको छ ।

सिटौला सरकारले बसमा विमानमा भन्दा सानो लगानी छ भनेर द्वैध खालको नीति ल्याएको भन्दै यसबाट यात्रु आफैं मर्कामा पर्ने बताउँदै सरकारले गरेको निर्णयबारे महासंघले बैठक बसेर आफ्नो धारणा बाहिर ल्याउने पनि बतानुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More