जानी राख्नुस हार्ट अट्याकका लक्षणहरु र हार्ट अट्याक भईहाले के गर्ने ?

21 June, 2019 14:05 | जल/वातावरण/स्वास्थ्य , बिचित्र | comments | 20850 Views

पछिल्लो समयमा हार्ट अट्याकका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको । मानिसको जीवनशैली र खानपानका कारण पनि मानिसमा मुटु सम्बन्धी रोगको खतरा बढ्दै गएको चिकित्सकहरु बताउछन् ।

adsads

अस्वस्थ खानपान, तनाव, व्यायामको कमी आदिले मानिसमा हार्ट अट्याकको समस्या बढ्दै गएको छ । मुटुको मांशपेसीलाई रगत प्रवाह गर्ने तीनवटा नली हुन्छ । तीमध्ये कुनै नली बन्द भएको अवस्थामा मानिसमा हार्ट अट्याक हुन्छ । कुनै एक नली बन्द भएको अवस्थामा शरीरको विभिन्न अंगहरुमा रगत पुग्दैन र मानिस वेहोस् हुन्छन् ।

हार्ट अट्याकको कारण यस्तो छ

–वंशागुगत गुण,

–धूम्रपान सेवन,

–मोटोपना,

–अत्याधिक तनाव,

–आलस्यता

हार्ट अट्याकको लक्षण

–रिंगाटा लाग्ने,

– ढाड,कुम वा बङगारा धेरै दुख्ने,

–छाती धेरै दुख्ने,

–छाती भारी हुने,

–श्वास फेर्न गाह्रो हुने ।

हार्ट अट्याक भइहाले के गर्ने ?

–हृदयघातको लक्षण देखिएमा व्यक्तिलाई तुरुन्त नजिकको अस्पताल लैजानुपर्छ,

– शान्त रहन आग्रह गर्ने,

–कपडा कसिएको छ भने खुकुलो पार्ने,

हार्ट अट्याकबाट कसरी बच्ने ?

–उच्च रक्तचापको समस्या भएमा नियमित औषधि सेवन गर्ने,

– सुगर नियन्त्रण गर्ने,

–धुम्रपान नगर्ने,

– फलफुल तथा सागसब्जी खाने,

–हरेक वर्ष मुटु परीक्षण गर्ने,

–परिवारमा कसैलाई हार्ट अट्याकको समस्या छ भने समयमै आफू पनि सचेत रहने ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!