जापानका पूर्व महारानी मिचिको जापानका पूर्व महारानी मिचिको

  • जापानका पूर्व महारानी मिचिको
  • जापानका पूर्व महारानी मिचिको
  • जापानका पूर्व महारानी मिचिको
  • जापानका पूर्व महारानी मिचिको
  • जापानका पूर्व महारानी मिचिको

जापानका पूर्व महारानी मिचिकोलाई स्तन क्यान्सर, शल्यक्रिया गर्ने तयारी

8 September, 2019 20:24 | जापान | comments | 20100 Views

जापानका पूर्व महारानी मिचिको

जापानका पूर्व महारानी मिचिकोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिने भएको छ । आइतबार ८४ बर्षीया महारानीलाई प्रारम्भिक चरणमा रहेको क्यान्सरको शल्यक्रिया गर्न लागिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

ads ads

मिचिकोका पति अकिहितोले गत अप्रिलमा औपचारिक रुपमा राज्यसत्ता त्याग गर्नुभएको थियो । विश्वमा विगत झण्डै २०० वर्षको राजतन्त्रको इतिहासमा जीवित रहेका राजाले स्वेच्छाले राजकाज त्याग गरेको पहिलो घटना भएको बताइएको छ ।

महारानी मिचिकोको शल्यक्रिया टोकियो विश्वविद्यालयको अस्पतालमा गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय संचार माध्यमहरुका अनुसार उहाँको शल्यक्रिया केही घण्टामै सकिएर त्यसको नतिजा पनि आइतबार बेलुकासम्ममा सार्वजनिक भइसक्ने छ ।

शल्यक्रिया गर्नुअघि पूर्वराजा अकिहितो र उहाँकी छोरी सायाको कुरोदाले मिचिकोलाई अस्पतालमै भेट्नु भएको थियो । छोरी सायाकोले एक सर्वसाधारणसँग विवाह गरेपछि उहाँको राजकुमारीको पदवी खोसिएको थियो । जापानका पूर्वराजा अकिहितो र पूर्वरानी मिचिकोले विश्वमा परम्परागत राजतन्त्रलाई नाटकीय रुपमा आधुनिकीकरण गरेको मानिन्छ ।

पूर्वरानी मिचिकोको जन्म सन् १९३४ मा टोकियोस्थित टोकियो विश्वविद्यालयको अस्पतालमै भएको थियो । विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य पढ्नुअघि उहाँले बालिकाहरु मात्र पढ्ने क्रिश्चियन स्याक्रिड हार्ट स्कुलमा अध्ययन गर्नुभएको हो ।

उहाँको कोखबाट वर्तमान राजा नारुहितोको जन्म सन् १९६० मा भएको थियो । उहाँका दोस्रो छोरा अकिशिनोको जन्म सन् १९६५ मा भएको हो ।

जापानका नयाँ सम्राटको पहिलो सम्वोधन : “विश्व शान्तिका लागि संगै काम गरौँ”

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापानका पूर्व महारानी मिचिको

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More