जापानको राष्ट्रिय दैनिकमा नेपाली हिमाल

11 April, 2013 16:18 | जापान | comments | 37650 Views

जिज्ञान कुमार थापा, योकोहामा। नेपालको बारेमा जापानको राष्ट्रिय दैनिकमा आउने समाचारहरुमा कि त नेपालमा भएको बन्द र हडतालका समाचारले प्राथमिकता पाउँछन। कि त ओसाकामा निर्मम हत्या गरिएका नेपाली नागरिक बिष्णु प्रसाद धमलाको बारेमा आउँछन। त्यसबाहेक यदाकदा नेपालमा एनजिओ चलाएका जापानीहरुले गरेका सहयोगको बारेमा स्थानिय पत्रिकाहरुले दिने गर्दछन। के यति मात्रै हो त हाम्रो देश। पर्यटन बर्ष २०११ बित्यो, लुम्बिनी भ्रमण बर्ष २०१२ पनि बित्यो, सगरमाथा पर्वतारोहणको ६०औ जयन्ति मनाउने २०१३ बर्ष आएको छ तर नेपालको बारेमा जापानको राष्ट्रिय दैनिकमा भने त्यति ठाउ पाएको थिएन।

 
हाल नेपाली दुताबासको संयोजनमा जुन १ र २ तारिक टोकियो टावर हल जापानमा २ दिने नेपाली हिमालहरुको परिचयात्मक कार्यक्रमसहितकको पर्यटन प्रवर्धन कार्यक्रमको मिति तय भएको छ। सगरमाथा चढ्ने जापानीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको उक्त समाहरोहमा जापानकै सबभन्दा बृद्ध पर्वतारोही मिउरा युइचिरोलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ। उहाँ हाल ८० बर्षको उमेरमा सगरमाथा आरोहण गर्न नेपाल जानुभएको छ।

 

  

 

आजको जापानको राष्ट्रिय दैनिक फुजि सानकेइ सिन्वुनले उहाको नेपालको आरोहण र आमादबलम हिमालको मनमोहक तस्विर प्रथम पृष्ठमा छापेको छ। यसले नेपालको मनमोहक हिम श्रृखलालाइ जापानी जनमानसमा पेश गर्नुका साथै पर्यटनमा टेवा पुर्याउने छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More