जापानको सहयोगमा पाटन मावि पुनर्निर्माण हुने

24 January, 2019 11:00 | जापान | comments | 20100 Views

जापान सरकारको सहयोगमा भूकम्पले क्षति भएको ललितपुरस्थित पाटन माध्यामिक विद्यालयको पुनर्निर्माण गरिने भएको छ । विद्यालयको शिलान्यास बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवाली र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा गर्नुभयो ।

adsads

विसं १९९९ मा स्थापित विद्यालय नेपालको दरबार हाई स्कूलपछिको दोस्रो हो । प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईले उक्त विद्यालय भवन पुनर्निर्माणका लागि पहल गरेको थियो । कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पले क्षति पुर्याएका विद्यालयमध्ये हालसम्म चार हजारको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘देशकै दोस्रो पुरानो विद्यालय पुनर्निर्माणको काम शुरु हुँदा खुशी छु, भूकम्पमा सात हजार ५५३ विद्यालय क्षति भएको थियो ।” गुणस्तरीय शिक्षासमेत स्थानीय सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले महानगरले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न लाग्नुपर्ने बताउनुभयो ।

महानगरपालिकाका प्रमुख महर्जनले विद्यालय निर्माणमा गुणस्तरीयता कायम गर्न निर्माण कम्पनीलाई अनुरोध गर्नुभयो । ‘‘ललितपुर महानगरभित्र निर्माण हुने कुनै पनि भवनको गुणस्तरमा सम्झौता हुँदैन”, उहाँले भन्नुभयो, “यसले महानगरको पहिचान स्थापित गर्नाका साथै सुरक्षितसमेत बनाउँछ ।”

विद्यालयका प्रधानाध्यापक ईश्वरमान बज्राचार्यले भूकम्पका बेला विद्यालय क्षतिग्रस्त भएपछि विद्यार्थीलाई अस्थायी टहरामा राखेर अध्यापन गराएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण महर्जनले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारका लागि महानगरको सहयोग महत्वपूर्ण रहेकामा जोड दिनुभयो । अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरीले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न स्थानीय सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

विद्यालय भवन निर्माणका लागि करीब रु १८ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । तीन वटा ब्लकमा बन्ने भवनमा २७ वटा कोठा रहनेछ । भवन २१ महीनाभित्रै निर्माण सम्पन्न हुने विद्यालयले जनाएको छ । विद्यालयको भवन निर्माणको जिम्मा लामा एण्ड खुस्बुु जेभी कम्पनीले पाएको छ ।

जापानको सहयोगमा सुरुङमार्ग बन्ने भएपछि सुरु भयो सूर्यविनायकदेखि साँगासम्म ‘सर्भिस ट्र्याक’को निर्माण कार्य

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!