जापानबाट आयात हुने खाद्यान्नको विकीरण परीक्षणमा थप कडाई

22 August, 2019 14:36 |जापान | comments | 19800 Views

    दक्षिण कोरियाले जापानबाट सीमित मात्रामा आयात हुने खाद्यान्नमा गर्दैआएको विकीरण परीक्षण थप कडा बनाउने बताएको छ ।

    दक्षिण कोरियाले सन् २०११ मार्चमा फुकुसिमा दाइची परमाणु दुर्घटनापछि जापानको ८ प्रान्तको माछा र १४ प्रान्तको कृषि उत्पादन आयातमा रोक लगाएको छ भने यी बाहेक अन्य खाद्य उत्पादनका आयातमा विकीरण परीक्षण गर्ने गरिएको छ ।

    adsads

    दक्षिण कोरियाका खाद्य एवं औषध सुरक्षा मन्त्रालयले बुधबार विगतमा आयात हुने १७ प्रकारको खाद्यान्नमा थोरै मात्रामा विकीरण पाइएको र यसलाई शुक्रबार पुनः परीक्षण गरिनेछ । यी उत्पादमा परिस्कृत गर्रिको माछा, ब्यूबेरी, चिया र कफी रहेका छन् ।

    दक्षिण कोरिया सरकारले यसै महिनाको सुरुमा जापानबाट आयात हुने कोयला र अरु तीन प्रकारको पुनः प्रयोग गर्न योग्य उत्पादनमा विकीरण परीक्षण कडा गर्ने घोषणा गरेको थियो ।

    यसैबीच जापानी विदेश मन्त्री तारो कानो र दक्षिण कोरियाली विदेशमन्त्री काङ ग्योङग ह्वा युद्धकालको श्रम मामिलाप्रति भैरहेको गतिरोध अन्त्यका लागि राजनीतिक संवाद जारी राख्न सहमत भएका छन् । कोनो र काङबीच बुधबार चीनमा भएको भेटवार्तामा सो सहमति भएको हो ।

    जापानले दक्षिण कोरियालाई स्वतन्त्र व्यापारको साझेदार सूचीबाट हटाउने निर्णयपछिको दुई मन्त्रीबीच पहिलो भेटभको हो । भेटमा कोनोले दक्षिण कोरियाली सर्वोच्च अदालतले दोस्रो विश्वयुद्धताका श्रम शोषण गरेको भनिएका जापानी कम्पनीहरुलाई क्षतिपूर्ति दिन गरेको निर्देशनप्रति चासो व्यक्त गर्नुभएको थियो । कोनोले दक्षिण कोरियासंग अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै तत्काल सम्बन्ध सामान्य बनाउन माग गर्नुभएको थियो ।

    आपसी सम्बन्धका साथै दुई देशका विदेशमन्त्री उत्तर कोरियाको सामना गर्न मिलेर काम गर्न सहमत भएको छन् । उत्तर कोरियाले हालै छोटो दूरीको ब्यालृेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । कानो र काङले जापानको निर्यातमाथि दक्षिण कोरियाले लगाएको नियन्त्रणमाथि पनि छलफल गरेका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!