जापानबाट किरणविक्रम थापाद्वारा एनआरएनए आईसीसी उपाध्यक्षमा उम्मेद्वारी घोषणा

17 September, 2019 18:44 | एन आर एन न्युज , जापान | comments | 13500 Views

एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापाले गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसीको नवौँ विश्व सम्मेलनमा आईसीसी उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । जापानलाई कर्मथलो बनाइरहनुभएका थापाले नजिकदो विश्व सम्मेलनको तयारीसंगै यस पटक उपाध्यक्ष पदमा दावी प्रस्तुत गर्नुभएको हो ।

ads ads

विभिन्न पदमा आफनो आकांक्षा प्रस्तुत गर्ने क्रममा दुई कार्यकाल विताउनु भएका थापाले विश्वभरि छरिएर रहनु भएका गैरआवासीय नेपालीका लागि संस्थागत निरन्तरता र कामप्रतिको दृढता भन्ने मुल नारा राखी थापाले आफनो दावी प्रस्तुत गर्नुभएको जानकारी दिनुभयो । संस्थाको कामलाई उचाईमा पुर्याउन आफनो तर्फबाट सदैव सक्रिय रहने थापाले बोलेर भन्दा पनि काम गरेरै देखाउने प्रतिवद्धता राख्दै आफनो उम्मेदवारी राखेको नेपाल जापान डटकमलाई जानकारी दिनुभयो ।

एनआरएनए संस्थाको संस्थापनाकालदेखि सकृय थापा एनआरएनए जापानको सदस्य हुँदै दुई कार्यकाल आईसीसी सदस्य, दुई कार्यकाल एनआरएनए आईसीसी एसिया प्यासिफिक उपसंयोजक हुदै दुई कार्यकाल नै एसिया प्यासिफिक संयोजक पदमा जिम्मेवारी वहन गरिसक्नु भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More