जापानबासी बागलुङेहरुबाट सुवेदीको उपचारका लागि १८ लाख सहयोग

28 February, 2021 12:21 | जापान | comments | 28350 Views

बागलुङको गलकोट नगरपालिका–४ की ४७ वर्षीय दुर्गा सुवेदीको उपचारका लागि जापानमा रहेका सो जिल्लाबाट जापानमा पुगी विभिन्न पेशा, व्यवसायमा संलग्न नेपालीहरुका विभिन्न संघसंस्थाबाट १८ लाख रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ ।

क्यान्सरबाट पीडित सुवेदीको उपचारका लागि ‘सुवेदी बचाऊ अभियान’ सञ्चालन गरेर सङ्कलन भएको रकम हस्तान्तरण गरेका हुन् । सोही समारोहमा स्वदेशका विभिन्न स्थानबाट संकलित करीब २ लाख रुपैयाँ पनि हस्तातरण गरिएको थियो ।

  

बिपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुर चितवनमा विगत ४ वर्षदेखि उपचाररत सीताको आर्थिक अवस्था कमजोर रहेको खबरपछि निलुवा समाज चमुवा जापानको नेतृत्वमा जापान लगाएतका देश विदेशमा सुवेदी उपचार सहयोग अभियान संचालन गरिएको थियो ।

प्रवासमा रहेका नागरिकहरुको सामाजिक संस्था गलकोट समाज जापान, गलकोट स्पोट्स क्लब जापान, गलकोट समाज क्षेत्रीय समिति कान्तो जापान, खरुवा समाज जापान, गलकोट नुवाकोट समाज जापान, बागलुङ समाज जापान लगाएतका संस्थाले अभियानमा ऐक्यवद्धता जनाउँदै सुवेदीको उपचारमा सहयोग गरेको निलुवा समाज चमुवा जापानका अध्यक्ष थम बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रवासमा रहेका नागरिक तथा स्वदेशका विभिन्न्न ठाँउका नागरिकको सहयोगबाट संकलन भएको करिब १८ लाख ४० हजार ८ सय १ रुपैयाँ शुक्रबार गलकोट नगरपालिका वडा नम्बर ४ निलुवा पर्यटकीय क्षेत्र प्रर्वद्धन समितिमार्फत शुक्रबार क्यान्सरी पडित दुर्गा सुबेदीलाई हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा स्थानीयले समेत सहयोग गरेका थिए । समाजले ३ सय १४ जनाबाट संकलन भएको रकम सहित ३७ जना स्थानीय तथा सामाजिक संघ सस्थाबाट संकलित १ लाख ६ हजार ८ सय ४५ रुपैया समेत गरि १९ लाख ४६ हजार ९ सय ५३ रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो ।

प्रवासमा रहेका नागरिक तथा स्वदेशका नागरिकको सहयोगबाट करिब रु १८ लाख ४० हजार ८०१ सङ्कलन भएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । उक्त रकम गलकोट नगरपालिका–४ मा अवस्थित निलुवा पर्यटकीय क्षेत्र प्रर्वद्धन समितिमार्फत हस्तान्तरण गर्ने तयारी गरी सहयोग रकम पठाएलगत्तै शुक्रबार क्यान्सरपीडित दुर्गा सुवेदीलाई हस्तान्तरण गरिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More