जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु

  • जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु
  • जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु
  • जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु
  • जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु
  • जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु

जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु : छ हजारभन्दा बढी अस्पताल भर्ना

31 July, 2019 09:50 | जापान | comments | 27900 Views

जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु

जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको जापानी अधिकारीले मङ्गलबार बताएका छन् । गर्मीका कारण अन्य छ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ ।

जापानको अधिकांश भूभागमा मनसुनी बर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो । गर्मीका कारण अस्पतालमा पाँच हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये एक हजार १९९ जनालाई अस्पतालमा राखी केही दिन उपचार गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका छन् ।

  

गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये एक हजार ७९२ जनाले अस्पतालमा छोटो समयको उपचारपछि घर फर्केका बताइएको छ । उनीहरूलाई कम जोखिमयुक्त लक्षण देखिएकाले सामान्य उपचारपछि घर पठाइएको अस्पताल स्रोतहरूले जनाएका छन् ।

अस्पतालमा भर्ना भएकामध्ये ५२.६ प्रतिशत विरामी ६५ बर्षमाथिका वृद्धवृद्धा रहेका बताइएको छ । आइची क्षेत्रमा सवैभन्दा बढी ३९३ जनामा अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका त्यहाँको प्रशासनले जनाएको छ । त्यस्तैे ओसाका क्षेत्रमा ३८८ टोकियोमा २९९ जनालाई गर्मीका कारण देखिएको समस्याका लागि उपचार प्रदान गरिराखिएको छ ।

मङ्गलबार पनि जापानमा तापक्रम बढेको बताइएको छ । सिन्ह्वा समाचार संस्थालाई प्राप्त सूचना अनुसार मध्य जापानमा पर्ने गिफीको ताजिमी क्षेत्रमा मङ्गलबार तापक्रम ३७.१ सेल्सियस पुगेको छ । टोकियो नजिकका क्षेत्रहरू कुमागाया, साइतामा र क्योतोमाढी वरपर पनि ३६.८ सेल्सियस भन्दा बढी तापक्रम मापन भएको बताइएको छ ।

गर्मीका कारण ६५ जनाको मृत्यु, २२ हजार भन्दा बढी अस्पताल भर्ना प्राकृतिक विपत्तिको घोषणा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More