जापानमा एक सय ३५ जनामा कोरोना संक्रमण, सचेत रहन आव्हान

11 February, 2020 13:06 | जापान | comments | 99600 Views

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट जापानमा हालसम्म एक सय ३५ जनामा संक्रमण भेटिएको छ । पानीजहाजबाट जापान आउन लागेकाहरुको परीक्षण गर्दा सोमबार थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएपछि संक्रमितको संख्या १ सय ३५ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ ।

  

पछिल्लो पटक शंका लागेका कुल १०३ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ५६ जनाका सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा कोरोना सङ्क्रमित हुनेहरु कुन देशका नागरिक हुन भन्नेबारेमा खुलाइएको छैन । उनीहरुको परीक्षण अझै पनि जारी रहेको वक्तव्यमा उल्लेख गरिएको छ ।

पानी जहाजका कर्मचारीहरूले भने ६६ जनामा भाइरसको सङ्क्रमण भएको र उनीहरुमध्ये अधिकांश जापानका नागरिक भएको बताएका छन् । कर्मचारीहरूका अनुसार जापान बाहेक अष्ट्रेलिया, फिलिपिन्स, क्यानडा, बेलायत र युक्रेनका नागरिकहरू पनि रहेका छन् ।

यसैबीच जापानी जनता तथा स्वास्थ्य अधिकारीहरुलाई कोरोनाा भाइरसको सामनाका लागि तयारी अवस्थामा रहन आव्हान गरिएको छ । तोहोकु चिकित्सा एवं औषधि विश्वविद्यालयका प्राध्यापक मित्सुओ काकु नेतृत्वको एक टोलीले सोमबारदेखि लगातार सचेत रहनका लागि आव्हान गरेको हो । टोलीले जनतामा हात धुने तथा मुख र नाक छोपेर हिंड्न आव्हान गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More